• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Fri, 24, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
नयाँपानी खबर
नयाँपानी डेस्क
January 20, 2026 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    चाैतारा । आसन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा क्षेत्रबाट ३६ जनाले मनोनयन दर्ता गरेका छन् । दुवै क्षेत्रबाट १८-१८ जनाको उममेद्वारी परेको छ ।

    प्रतिनिधि सभा क्षेत्र नं. १ बाट १८ र क्षेत्र नं. २ बाट १८ जनाले मनोनयन दर्ता गरेका हुन् । सिन्धुपाल्चोक– १ बाट १५ जनाले विभिन्न दलबाट र ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् भने सिन्धुपाल्चोक– २ बाट पनि विभिन्न दलबाट १५ र ३ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेको मूख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलले बताइन् ।

    सिन्धुपाल्चोक क्षेत्र नम्बर– १ बाट नेपाली कम्युनिष्ट पार्टीका माधव सापकोटा, नेकपा एमालेका शरेश नेपाल, नेपाली कांग्रेसका जंगबहादुर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका भरतप्रसाद पराजुली, उज्यालो नेपाल पार्टीका प्रताप लामा, श्रम संस्कृति पार्टीका फुर्वा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणी न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का समिर श्रेष्ठले उम्मेदवारी दिएको मूख्य निर्वाचन कार्यालले जनाएको छ ।

    कार्यालयका अनुसार सो क्षेत्रबाट नेपाल मजदूर किसान पार्टीबाट गितादेवी कर्मचार्य, राष्ट्रिय जनमोर्चाबाट दावा ग्याम्छो लामा, नागरिक सर्वोच्चता पार्टीबाट अशोक कुमार श्रेष्ठ, मंगोल नेशनल अर्गनाईजेशनबाट दावा लामा, जनता समाजवादी पार्टीबाट पासाङ शेर्पा, आम जनता पार्टीबाट पासाङ तामाङ, मितेरी नेपाल पार्टीबाट राजन सुन्चुरीले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा स्वतन्त्रबाट सानु तामाङ, सन्तकुमार तामाङ र पदमबहादुर तामाङले उम्मेदवारी दिएको मूख्य निर्वाचन अधिकृत बख्रेलले बताइन् ।

    सिन्धुपाल्चोक क्षेत्र नम्बर– २ तर्फ नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल, नेकपा एमालेका शेरबहादुर तामाङ, नेपाली कांग्रेसका बंशलाल तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपीकृष्ण चौलागाई, उज्यालो नेपाल पार्टीका रामसिं तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठ, श्रम संस्कृति पार्टीका भानु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सोमान लामाले उम्मेदवारी दिएको मूख्य निर्वाचन कार्यालले जनाएको छ ।

    सो क्षेत्रबाट नेपाल मजदूर किसान पार्टीबाट म्हेन्दो तामाङ, नागरिक सर्वोच्चता पार्टीबाट सेरबहादुर तामाङ, मंगोल नेशनल अर्गनाईजेशनबाट कर्णबीर स्यांबु लामा, आम जनता पार्टीबाट गणेशबहादुर श्रेष्ठ, मितेरी नेपाल पार्टीबाट महेश कुँवर, संघीय लोकतान्तित्र राष्ट्रिय मञ्चबाट दावा छिरिङ शेर्पा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मिङमार तामाङले उम्मेदवारी दिएका छन् ।

    स्वतन्त्रबाट सुन्दर अधिकारी, विजु श्रेष्ठ र दिपक ढकालले उम्मेदवारी दिएको मूख्य निर्वाचन अधिकृत बख्रेलले बताइन् । आगामी फागुन २१ मा हुने निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।

    नयाँपानी खबर बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑