• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • २सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • ३सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • ४सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • ५सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • ६इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • ७दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • ८इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
logo
आज:  | Wed, 04, Mar, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु
नयाँपानी खबर
नयाँपानी डेस्क
November 12, 2025 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    चाैतारा । आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्र उत्साहजनक वातावरणमा सम्पन्न भएको हो।

    कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईको अध्यक्षता, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य तथा जिसस उप–प्रमुख पदमनाथ नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका उप–प्रमुख सिता थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, चौताराका प्रमुख प्रशासकिय अधिकृत , पालिकाका शाखा प्रमुख , स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मी सञ्चारकर्मीहरू तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

    उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बालकृष्ण श्रेष्ठले जिल्लाको स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी बनाउनका लागि सबै निकाय एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले जनस्वास्थ्य कार्यालयको नेतृत्वमा भएका ग्रामीण स्वास्थ्य सुधारका प्रयासहरूको प्रशंसा गर्दै, आगामी वर्ष अझै दिगो र परिणाममुखी कार्यक्रमहरू आवश्यक रहेको बताए ।

    त्यस्तै, प्रमुख दुर्गा बजगाईले जिल्लाभरका १२ पालिकामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, चुनौती र आगामी रणनीतिहरूको समिक्षा यस दुई दिने कार्यक्रममा हुने जानकारी दिए । उनले “स्वास्थ्य सेवा अब पहुँचमा मात्र होइन, गुणस्तरमा पनि केन्द्रित हुनुपर्ने समय आएको छ” भन्दै सबै पालिकासँग सहकार्यमा अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

    त्यस्तै नगर उपप्रमुख सिता थापाले स्थानीय तहले स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउदै स्वास्थ्य सेवा सुलभ बनाउन लाग्न आग्रह गरे ।
    कार्यक्रममा प्रत्येक पालिकाले आफ्ना सफल प्रयासहरू, नविनतम पहल, समस्या र सिकाइ ब्यानरसहित प्रस्तुत गरेका छन्। मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, सरसफाइ सचेतना, पोषण सुधार, परिवार नियोजन, दीगो स्वास्थ्य प्रणाली र रोग नियन्त्रणका विषयमा प्रभावकारी कार्यहरू प्रस्तुत गरिएको छ।

    दुई दिनसम्म चल्ने यो समीक्षा कार्यक्रममा जिल्लाभरका स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले आफ्ना-आफ्ना पालिकास्तरीय उपलब्धि र चुनौतीबारे विश्लेषण गर्दै आगामी वर्षका लागि सामूहिक योजना तय गर्नेछन्।

    कार्यक्रमको उद्घाटन सत्रको समापन जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले गरेका थिए ।

    नयाँपानी खबर बाट थप

  • फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    समाचार
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑