• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Mon, 20, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रम गरि विश्व हुलाक दिवस मनाइयो

सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रम गरि विश्व हुलाक दिवस मनाइयो
नयाँपानी खबर
नयाँपानी डेस्क
October 9, 2025 मा प्रकाशित (६ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    असोज २३
    चौतारा ।

    विश्व हुलाक दिवस २०२५ सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । “हुलाक सेवा ः विश्वासिलो सञ्चार र जनसेवाको माध्यम” भन्ने नाराका साथ १५१ औं बिश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय सिन्धुपाल्चोकले विभिन्न सराहनीय सामाजिक तथा सेवामूलक गतिविधिहरू सहित कार्यक्रम गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि ओम प्रसाद आचार्य र अतिथि नेपाल पत्रकार महासंघका सचिव टिका सुवेदी रहनु भएको थियो । प्रमुख अतिथि आचार्यले हुलाक सेवाको ऐतिहासिक भूमिका र वर्तमान सन्दर्भमा यसको आवश्यकता उल्लेखनीय रहेको बताउँदै आधुनिक प्रविधिसँग हुलाक सेवालाई जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल युगमा पनि हुलाक सेवाको विश्वास र पहुँच जनजीवनसँग गहिरो रूपमा जोडिएको छ, यसलाई अझ सुदृढ बनाउन सबैको सहकार्य आवश्यक छ ।” साथै उहाँले सिन्धुपाल्चोक हुलाक कार्यालयका कर्मचारीहरूको कार्यशैलीप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उत्कृष्ट सेवाग्राही, निवृत्त कर्मचारी तथा उत्कृष्ट कार्य सम्पादन गर्ने बाहालवाला कर्मचारीलाई सम्मान गरिएको थियो । प्रमुख सेवाग्राहीको रूपमा मुंगा दुलाल, निवृत्त उत्कृष्ट कर्मचारी रुद्रप्रसाद दुलाल र बाहालवाला कर्मचारी करुणा महतलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो ।

    कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघका सचिव टिका सुवेदीले हुलाक सेवाको ऐतिहासिक महत्वबारे चर्चा गर्दै हुलाकले देशका प्रत्येक कुनामा सूचना, सन्देश र सेवाको प्रवाहमा निरन्तर योगदान दिइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय हुलाक कार्यालयमा जिम्मेवारी र कामको दायरा थपिँदै गएको उल्लेख गर्दै सबै कर्मचारीको निष्ठा र कुशलताप्रति आभार व्यक्त गर्नुभयो ।

    दिवसको अवसरमा जिल्ला हुलाक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत चौतारास्थित वृद्धाश्रममा फलफूल वितरण गरेको थियो । साथै, कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ वातावरणमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको थियो ।

    यस्तै, विश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालयले तीन दिनसम्म दीपावली गर्ने निर्णय पनि गरेको छ ।

    नयाँपानी खबर बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑