• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ विषयक विचार गोष्ठी चौतारामा सम्पन्न

‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ विषयक विचार गोष्ठी चौतारामा सम्पन्न
नयाँपानी खबर
नयाँपानी डेस्क
September 19, 2025 मा प्रकाशित (८ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    असोज ३

    चौतारा ।

    संविधान दिवस २०८२ को अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरूले नेपालको संविधानको संरक्षण सबैको साझा दायित्व भएकोमा जोड दिएका छन् । ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ शीर्षकमा चौतारामा सम्पन्न कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, कानूनविद्, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।
    कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हालै देखिएका जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै अनावश्यक देवत्वकरण र दानवीकरण दुवै घातक हुने धारणा व्यक्त गरे । उनले भने, “संविधान घाइते भएको छ, यसलाई जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।”
    प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले संविधानको रक्षाका लागि सही विचार र दृष्टिकोणको आवश्यकता औंल्याउँदै भने “यदि नेतृत्वले ठोस मार्गनिर्देशन गर्न सकेन भने भीडको शासन हुन सक्छ, जुन देशका लागि खतरनाक हुनसक्छ ।” उहँले जेनजी आन्दोलनलाई प्रबुद्ध नेतृत्वले बुझ्नुपर्ने, अहिलेको दर्शनहरुलाई प्रविधिमैत्री बनाउँदै डिजिटलाईजेसन आवश्यक रहेको तर्क गर्दै खरानीको लागि घर जलाउन नहुने बताए ।
    नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इञ्चार्ज सरेश नेपालले मुलुकलाई प्रतिगमनबाट जोगाउँदै परिवर्तनको गति सुनिश्चित गर्न दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राखे । “देशलाई एक दशक पछाडि फर्काउने काम भयो,” उनले भने, “अब संविधानको संरक्षण गर्दै संसदीय प्रणालीको सुधार अपरिहार्य भइसकेको छ ।”
    कार्यक्रममा एमाले सिन्धुपाल्चोक अध्यक्ष होमनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली र नेपाली कांग्रेसका जिल्ला सचिव विलबहादुर तामाङले संविधानको संरक्षणमा कुनै सम्झौता हुन नहुनेमा एकमत देखाएका छन् । उनीहरूले आवश्यक परे संविधान संशोधन गर्न सकिने भए तापनि त्यसका लागि राजनीतिक सहमति र साझा प्रतिबद्धता आवश्यक भएको उल्लेख गरे ।
    कार्यक्रममा अधिवक्ता शशीनाथ आचार्यले नेपालको संविधानको विशेषता र यसले सामना गरिरहेका चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरे । संघीय, धर्मनिरपेक्ष, गणतान्त्रिक, समावेशी र समानुपातिक प्रतिनिधित्वको मौलिक विशेषता बोकेको संविधानले देशलाई स्थायित्व, सुशासन र समावेशिताको दिशामा लैजानुपर्ने उनको धारणा थियो ।
    कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल वार एसोसिएसन सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङले वर्तमान सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटनको घटनालाई संविधानको मर्म विपरित रहेको बताए । “संविधानलाई जनउत्तरदायी बनाउँदै सुधार गर्न संसद्को भूमिका अपरिहार्य छ,” उनले स्पष्ट पारे । त्यसैगरी सञ्चारकर्मी यज्ञ दंगालले पुस्तान्तरण अपरिहार्य भए पनि नयाँ पुस्ताले अध्ययन, प्रतिबद्धता र परिपक्वता प्रदर्शन गर्न आवश्यक रहेको धारणा राखे ।
    कार्यक्रममा संविधानको संरक्षण, परिमार्जन र समावेशी विकासको बाटोमा सँगै हिँड्न सबै राजनीतिक शक्ति, नागरिक समाज र बौद्धिक समुदायको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑