भदौ १९
सिपापोखरे ।
बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री युवराज दुलालले बैदेशिक गन्तव्य रोक्नका लागि गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माध्यमिक विद्यालयको ६३ औं बार्षिकोत्सव कार्यक्रममा आफ्नो मन्तव्यको क्रममा सांसद दुलालले आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु नै गुणस्तरीय शिक्षाको मुल मर्म रहेको धारणा राखे ।
विद्यालयहरु अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउँदै अरुको सिको गर्ने तर आफ्नो मौलिकता गुमाउन नहुने उनको भनाइ थियो । पूर्वमन्त्री दुलालले विद्यालयका सबैखाले समस्यामा आफुले सक्ने सहयोग गरीरहेको र आगामि दिनमा पनि निरन्तर गरीरहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा ईन्द्रावति गाँउपालिकाका अध्यक्ष झम्कानाथ नेपाल वडा अध्यक्षहरु लगाएत राजनितिक दल, संघसंस्थाका प्रतिनिधी, समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यास्थापन समितिका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस