• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

असल अभ्यास आदानप्रदान कार्यक्रम मेलम्चीमा सम्पन्न

असल अभ्यास आदानप्रदान कार्यक्रम मेलम्चीमा सम्पन्न
मुख्य समाचार
केदार माझी
April 18, 2024 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • Follow us on:

    नेपाल राष्ट्रिय शिक्षक संगठन, मेलम्ची नगर समितिले ४५ औं शिक्षक दिवस तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान, शिक्षक सम्मान, वार्षिक शैक्षिक क्यालेण्डर बिमोचन सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले अवलम्बन गरिरहेका असल अभ्यास आदानप्रदन कार्यक्रम बुधबार मेलम्चीमा सम्पन्न गरेको छ । सङगठनले देशव्यापी रुपमा सञ्चालन गरिरहेको साङ्गठनिक सुदृढिकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सञ्चालित ‘मार्च टु लोकल लेभल’ अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो ।

    सङ्गठनका बागमती प्रदेश समिति अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्य र मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधानको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष लगायत जनप्रतिनिधि, विभिन्न पेशागत संघ, संगठनका प्रतिनिधि सहित विभिन्न विद्यालयमा कार्यरत एक सय भन्दा बढी शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर समितिले तयार गरेको २०८१ सालको शैक्षिक क्यालेण्डरको बिमोचन गर्नुका साथै शिक्षक सेवा आयोगबाट सिफारिस भई पालिका भित्रका विद्यालयमा नवनियुक्त शिक्षक, गत वर्ष विभिन्न तहमा बढुवा भएका र सेवानिवृत्त शिक्षकहरु समेत गरी झण्डै ३० जना शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा जनजागृती मा.वि.का प्र.अ. इन्द्रकुमार तामाङ शितलादेवी माविका प्र.अ. रुद्रबहादुर चापागाई, ज्योतीभन्ज्याङ आ.वि.मा प्र.अ. धिरज श्रेष्ठ, शिक्षक नविन श्रेष्ठ लगायतले आफ्ना विद्यालय र विषयगत रुपमा गरेका प्रेरणादायी असल अभ्यासहरु प्रस्तुत गर्नुभएको थियो । त्यसै शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको संस्थागत अवस्था, योजना र कार्यक्रम सम्बन्धमा व्यवस्थापक अनिल शर्माले प्रस्तुति गर्नुभको थियो । यसबाट सहभागिमा शिक्षकहरुमा आफुहरु पनि थप नमुनायोग्य गतिबिधिमा क्रियाशिल हुन उत्प्रेरित गराउने उद्देश्यले यस खालको कार्यक्रम राखिएको सङगठनका नगर अध्यक्ष लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

    कार्यक्रममा वडाध्यक्ष कृष्णमुरारी चौलागाईले यस्ता असल अभ्यास आदानप्रदान गरी एक अर्को विद्यालय र शिक्षकहरुको काममा उर्जा थप्ने खालका कार्यक्रमहरु नगरपालिकामार्फत नियमित सञ्चालन हुनुपर्नेमा शिक्षक सङगठनले सुरुवात गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पेशागत विकास र गुणस्तर अभिवृद्धिका यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । त्यसै गरी विशेष अतिथी नगर उपप्रमुख उमा प्रधानले शिक्षक संगठनले विभिन्न समयमा गर्दै आएका यस्ता रचनात्मक कामहरुलाई आगामी दिनमा नगरको कार्यक्रममा पनि समावेश गर्दै लान प्रयास गर्ने बताउनुभयो ।

    त्यस्तै कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश समिति अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले स्थानीय तहले शिक्षकलाई प्रोत्साहन, उत्प्रेरणा र स्रोत साधनले युक्त बनाउनुपर्नेमा त्यसो नगरी शैक्षिक क्षेत्रको व्यवस्थापन गर्नुको सट्टा शिक्षकको व्यवस्थापनमा मात्र केन्द्रित हुँदा गुणस्तर प्रभावित भइरहेको औंल्याउनुभयो । उहाँले अब शिक्षक संगठनको भूमिका सङ्गठन र गुणस्तर दुवै सँगसँग सुदृढिकरण तर्फ अभियान चलाइरहेको बताउनु भयो ।

    संगठनका नगर अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, संगठनका जिल्ला अध्यक्ष मैया पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय समतिले देशव्यापी रुपमा सञ्चालन गरेको साङ्गठिनक सुदृढिकरण र शैक्षिक गुणस्तर अभिवृद्धिसँग सम्बन्धित यस्ता विभिन्न खालका कार्यक्रमहरु सबै पालिका तहमा क्रमशः गर्दै जाने योजना रहेको सङ्गठनका जिल्ला कोषाध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑