• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • २ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ३भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ४शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ५आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
  • ६खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • ७मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • ८गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
logo
आज:  | Fri, 23, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जुरमुराउने प्रयासमा इन्द्रावतीकाे सहकारी अभियान : कलश र इन्द्रावती साना किसान बिचमा एकीकरण पहल शुरु

जुरमुराउने प्रयासमा इन्द्रावतीकाे सहकारी अभियान : कलश र इन्द्रावती साना किसान बिचमा एकीकरण पहल शुरु
बैंक/वित्त
खगोलनाथ आचार्य
March 26, 2024 मा प्रकाशित (१ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    १२ चैत
    नवलपुर, सिन्धुपाल्चोक ।
    काेराेना महामारीको सन्त्रास पछि विश्वव्यापी आर्थिक मन्दि र त्यसले नेपाली अर्थतन्त्रमा पारेको प्रभावसंगै नेपालकाे सहकारी आन्दोलन समेत त्यसबाट अछुतो रहन नसकेको सन्दर्भमा इन्द्रावतीकाे सहकारी अभियानले अलिकति उठ्ने र जुरमुराउने प्रयास शुरु गरेको छ । पछिल्लो समय केही अवाञ्छित तत्व र बिशेष गरि सहकारीको मुल मर्म बिपरित सञ्चालनमा रहेका शहर केन्द्रित केही सहकारीमा देखिएको समस्याले सदस्य केन्द्रित र ग्रामीण सहकारीप्रति समेत नागरिकमा उदासीनता देखिएको अवस्थामा इन्द्रावती गाउँपालिकाका ठुला दुई सहकारीहरु कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र इन्द्रावती साना किसान कृषि सहकारी संस्था लिमिटेड बिच एकीकरणकाे पहल शुरु भएको छ ।


    २०६६ सालमा स्थापित कलश बचत तथा ऋण सहकारी संस्था र २०७४ सालमा स्थापित इन्द्रावती साना किसान दुवै संस्थाकाे कार्यक्षेत्र इन्द्रावती गाउँपालिकाका १२ वटै वडाहरु रहेका छन् भने दुबै संस्थामा करिब २ हजार २ सय शेयर सदस्यहरु रहेका छन् । दुबै संस्था बिच एकीकरणको लागि पदाधिकारी तहमा दुई चरणको छलफलपछि आज बसेकाे दुबै सहकारी संस्थाकाे सञ्चालक समितिकाे संयुक्त बैठकले ७ सदस्यीय एकीकरण कार्यदल गठन गरेको छ । कार्यदलले दुबै संस्थाकाे आवश्यक अध्ययन पछि कार्यसमितिकाे संयुक्त बैठकमा प्रतिवेदन पेश गर्ने र छलफल गरि सहमति भएमा आगामी आर्थिक वर्षबाट एकीकरण सहित संयुक्त काराेबार अगाडि बढ्नसक्ने कलश सहकारीका अध्यक्ष बुद्धिप्रसाद आचार्यले जानकारी दिए । त्यस्तै दुबै सहकारी संस्थाकाे संयुक्त बैठकले अन्य सहकारी संस्थाहरुलाई समेत एकीकरण र समायोजनका लागि आव्हान गरेको छ । बैठक साना किसानकाे मुख्य कार्यालय नवलपुरमा अध्यक्ष रामशरण गिरीकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    त्यसैगरी आजै इन्द्रावती सहकारी सञ्जालकाे तर्फबाट इन्द्रावती गाउँपालिका समक्ष सहकारीका समस्या र स्थानीय सरकारले गर्नुपर्ने सहजीकरण सम्बन्धमा ध्यानाकर्षण गराइएको थियोे । इन्द्रावती सहकारी सञ्जालका अध्यक्ष रामशरण गिरी, सचिव बुद्धिप्रसाद आचार्य र काेषाध्यक्ष लक्ष्मीदेवी काेइरालाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र पालिका उपाध्यक्ष साेभना तामाङकाे राेहबरमा प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलाल समक्ष हस्तान्तरण गरिएको थियोे । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत दुलालले सहकारीकाे विकास प्रति पालिका सरकार अति नै सकारात्मक र प्रतिबद्ध रहेको बताएका थिए ।

    २०७४ सालमा निर्वाचित पहिलो स्थानीय सरकारकाे समय देखि नै गाउँपालिकाले सहकारीहरु बिच एकीकरण, समायोजन र शुद्धीकरणकाे प्रयास गरेपनि त्यसले मुर्तरुप लिन सकेको थिएन । झण्डै ४ वर्ष अघि सहकारी शाखा प्रमुख सुजाता गाैतमकाे पहल र तत्कालीन गाउँपालिका अध्यक्ष बंशलाल तामाङ समेतको उपस्थितिमा पालिका स्तरीय सहकारी सञ्जाल गठन भएपनि स्पष्ट कानुनको अभावमा अझै सञ्जालले कानुनी मान्यता पाउन सकेको छैन । वर्तमान गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख लगायतसंगकाे पटकपटकको भेटघाट र कुराकानी पछि सहकारी अभियान प्रति स्थानीय सरकार सकारात्मक रहे पनि संघिय कानुनमा रहेका केही अस्पष्टताले काम गर्न सहजता नभएको सञ्जालका अध्यक्ष रामशरण गिरीले बताए ।

    बैंक/वित्त बाट थप

  • सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    समाचार
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑