• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • २सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ३इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ४मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ५हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ६उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ७नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ८चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
logo
आज:  | Thu, 30, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

दलित समुदायबाट निर्वाचित एक्ला वडा अध्यक्ष, जाे सेवा दिन वडावासीको घर घरमै पुग्छन्

दलित समुदायबाट निर्वाचित एक्ला वडा अध्यक्ष, जाे सेवा दिन वडावासीको घर घरमै पुग्छन्
पत्रपत्रिकाबाट
रामकृष्ण थापा
February 10, 2024 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : २३ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक ।

    हँसिलो अनुहार, नरम बोली, मिहिनेती, अनुशासित र काममा पारदर्शिता ३९ वर्षीय युवा वडाध्यक्ष रवीन्द्रकुमार खातीका व्यक्तिगत पहिचान हुन्।

    दलित, निम्नवर्गीय परिवार र समाजमा हुने विभेद सहेर पनि बुबा गजमान र आमा धनशोभाले पाँच सन्तानलाई राम्रोसँग पढाए। रवीन्द्र जेठो सन्तान हुन्। पढाइमा तीक्ष्ण भएकाले सानैदेखि रवीन्द्रमा आलोचनात्मक चेतको विकास भयो।

    माओवादी जनयुद्धले लपेट्दै गर्दा बुबा गजमान ०५८ सालमा जनसरकारमा समेटिए। भाइ राजेन्द्र भूमिगत भए। खान, लाउन धौधौ पर्ने उनको परिवारमा त्यसपछि झन् संकट सुरु भयो।

    तत्कालीन शाही सेनाले खोज्न थालेपछि भागेर जिल्लाको पल्लो खोलाकिनार तिपेनीमा पुगे। त्यहाँ पुगेर उनको परिवारले सुनचाँदी पसल स्थापना गर्‍यो। ०५९ सालमा एक लाख ऋण खोजेर खोलेको पसलबाट जेनतेन जीवन चलेको थियो। तर, जहाँ पुगे पनि सेनाले पिछा लाग्न छोडेन। पसलको काम छोडेर तीन वर्षसम्म उनको बुबाले सेनाको ब्यारेकमा तारेख धाए। त्यो समय जीवनको कहालीलाग्दो समय थियो।

    हिम्मत नहार्दा काममा सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका रवीन्द्र खाती हाल वडाध्यक्षको जिम्मेवारीमा छन्।

    सदरमुकाम चौतारासँगै जोडिएको इन्द्रावती गाउँपालिका– ७ का वडाध्यक्ष हुन् खाती। लामो समयदेखि हाम्रो समाजको पिँधमा रहेका दलित समुदायप्रतिको दृष्टिकोणमा उल्लेख्य परिवर्तन आए तापनि अप्रत्यक्ष रूपमा विभेद र छुवाछुत प्रथा कायमै छ।

    हेपिएको र दबिएको समुदायबाट आजको खुला प्रतिस्पर्धा, त्यसमा पनि भौतिक वस्तुको प्रलोभनमा मत तलमाथि हुने समयमा चुनाव जित्नु चानचुने कुरा होइन।

    रवीन्द्र खातीले सिन्धुपाल्चोकमा दलित समुदायबाट वडाध्यक्षमा निर्वाचित हुने पहिलो व्यक्ति बनेर इतिहास रचे। उनी गत स्थानीय निर्वाचनमा कांग्रेसका दिल्लीप्रसाद भट्टराईलाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भएका थिए।

    माओवादी केन्द्रबाट खातीले ६ सय ७६ मत ल्याउँदा भट्टराईले पाँच सय ४६ र एमालेका मुरारी सापकोटाले तीन सय १९ मत ल्याएका थिए।

    उनको गाउँ सिपापोखरे हो। जहाँ ३५ प्रतिशत दलित बस्छन्। २५ प्रतिशत जनजाति, बाँकी बाहुनक्षेत्री र अन्य जातजाति बस्छन्। चुनावताका विपक्षीले मतदातामा भ्रम पनि फैलाएका थिए। कामीलाई वडाध्यक्ष भनेर कसरी नमस्कार गर्ने ? गाउँघरमा घटना हुँदा घरभित्र कसरी पस्न दिने ? लगायत नाराकै रूपमा थिए।

    खाती पढेलेखेका शिक्षित युवा मात्रै नभएर अनुभवले खारिएका मानिस पनि हुन्। नम्र बोलीबाट उनले सबैको मन जितेर उल्टो समाजलाई सुल्टो बनाइछाडे। पत्रकारितामा स्नातक गरेका खातीले सिपापोखरेका जनतालाई फेरिएको विश्व र समयबारे प्रशिक्षित गराए।

    ‘म आफैँ निम्नवर्गीय र विभेद सहेर आएको मानिस भएकाले सबै मतदातालाई समान रूपमा लिएको थिएँ। मेरो व्यवहारले दलित÷गैरदलित सबै आकर्षित भए,’ उनले भने। समय फेरिएको र जनता सबै बुझ्ने भएको उनले प्रस्ट्याए।

    विपक्षीले छर्ने अफवाहको पर्वाह नगरी निरन्तर काममा लागेका खातीलाई अहिले स्थानीयले निकै रुचाएका छन्। वडाबाट दिने सेवाप्रवाह सबै अनलाइनबाट सञ्चालन गरेका छन्। विभिन्न शीर्षकमा जम्मा हुने स्थानीय करलाई सफ्टवेयर प्रणालीमा राखेर पारदर्शी बनाइएको छ।

    सामाजिक सुरक्षाभत्ता लिएर आफैँ लाभग्राहीको घरमा पुग्छन्। वृद्धवृद्धा, एकल महिला र अशक्तलाई घरमै पुगेर सेवा प्र्र्रदान गर्छन्।

    वडाको कामलाई पहिलो प्राथमिकतामा राखेका खाती बाँकी समयमा नेपाल दलित मुक्ति मोर्चा र सुनचाँदी व्यवसायी संघको भूमिकामा रहन्छन्। उनी मोर्चाको सिन्धुपाल्चोक संयोजक र संघको महासचिव हुन्।

    दिनभरि खट्न सक्ने उनको काम र लगन देखेर आजभोलि वडावासी खुसी छन्। वडाध्यक्षज्यू भनेर नमस्कार गर्न कोही हिच्किचाउँदैनन्। सायद समयको माग बुझेर होला बाहुनक्षेत्री समुदायले पनि उनलाई प्रत्यक्ष रूपमा कुनै विभेद गर्दैनन्।

    दलित समुदायको जनप्रतिनिधि भएकाले पनि वडामा विभेद, छुवाछुत र अन्धविश्वास हट्दै गएको छ। ‘विगत वर्षहरूमा मैले दलित हकहित सरोकार केन्द्र स्थापना गरेर चेतना भर्ने काम गरेँ। दलित सरोकार नामक पत्रिका सम्पादन गरेर सन्देश प्रवाह पनि गरेँ,’ उनले अनुभव सुनाए।

    वडाध्यक्ष भएर जनताको काममा प्रत्यक्ष जोडिँदा सन्तोष मिलेको उनले बताए। ‘वडालाई कम अधिकार छ। तर, कामचाहिँ तलबाटै हुनुपर्ने रहेछ,’ उनले भने।
    राज्यको स्रोतसाधन आवश्यकता र व्यवस्थित तवरले हुन नसकेको उनको बुझाइ छ। स्थानीय सरकारको नेतृत्वले आफूले भोट पाएको आधारमा बजेट बनाउँदा जनता अन्यायमा पर्ने गरेको उनको तीतो अनुभव छ।

    ०७४ को स्थानीय निर्वाचनपछि खाती कार्यापालिका सदस्य भएका थिए। त्यसवेला अनुशासन र न्यायिक समितिमा रहेर काम गरेका थिए। त्यसवेला जनप्रतिनिधिको रूपमा इटालीको मिलानो सहरमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन मेलामा सहभागी भएर अनुभव हासिल गरेका छन्।

    अहिले पालिकामा सामाजिक विकास समितिको संयोजक भएर भूमिका निर्वाह गरिरहेका छन्। बागमती प्रदेशको १३ जिल्लामा दलित समुदायबाट सात वडाध्यक्ष छन्। खाती सिन्धुपाल्चोकमा रहेका एक सय तीन वडाध्यक्षमध्ये दलित समुदायबाट एक्लो हुन्।
    (नयाँ पत्रिकाबाट -सम्पादक)

      पत्रपत्रिकाबाट बाट थप

    • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
    • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
    • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
    • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
    • प्रतिक्रिया दिनुहोस


      नयाँ अपडेट
      ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

      ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

      सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

      सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

      इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

      इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

      मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

      मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

      हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

      हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

      समाचार
      ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

      ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

      सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

      सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

      इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

      इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

      मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

      मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

      hotpati logo footer

      सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

      नयाँपानी खबर डट कमका लागि:

      ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

      sefsipa@gmail.com

      +९७७-९८५१२९२३३४

      सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

      हाम्रो टीम

      प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

      सह सम्पादक केदार माझी

      फेसबुक

      © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑