• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

“सुखी समाजको चाहनाः बुद्ध शिक्षाको अवधारणा” को नारा सहित एक दिवसीय सेमिनार सम्पन्न

“सुखी समाजको चाहनाः बुद्ध शिक्षाको अवधारणा” को नारा सहित एक दिवसीय सेमिनार सम्पन्न
समाचार
Authorनयाँपानी खबर
June 26, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    आषाढ ११, दोलखा
    “सुखी समाजको चाहनाः बुद्ध शिक्षाको अवधारणा” को नारा सहित बुद्ध विचार, बुद्ध व्यवहार र बुद्ध ज्ञानको माध्यमबाट “सुखी समाज निर्माण” गर्ने अभियान अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरुलागि आयोजित “बुद्ध शिक्षा र बुद्ध शिक्षक” तथा “विपश्यना, ज्ञान र ध्यान” अभ्यास सहितको एक दिवसीय सेमिनार सम्पन्न भएको छ ।

    उक्त कार्यक्रम दोलेन्द्र बुद्ध शिक्षा सदन, ललितपुरका श्री प्रेम शाक्यको सहयोग, स्थानिय संयोजक भगवान दाश श्रेष्ठ, शिक्षक शंकरलाल श्रेष्ठ तथा हरि प्रसाद दहालको सक्रियतामा श्री राजकुलेश्वर आधारभूत विद्यालयमा असार ९ गते शनिबार आयोजना भएको थियो ।


    कार्यक्रमको प्रमुख अतिथी तथा मूल प्रस्तोता, बौद्ध दर्शनमा आधारित ऐतिहासिक, धार्मिक सांस्कृतिक पर्यटनको विकास गर्ने लक्ष्य लिएको बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल जिरीका अध्यक्ष तथा बुद्धिष्ट कलेज जिरीका प्रिन्सिपल ईन्द्रबहादुर खड्काको मूल प्रस्तुतिबाट कार्यक्रम उद्घाटन भएको थियो ।
    खड्काले हाम्रो जीवन, हाम्रो समाज सुखी बनाउने हो भने बुद्ध शिक्षाको विकल्प छैन भन्दै उपस्थित शिक्षकहरुलाई बुद्धद्वारा गृह त्याग देखि परिनिर्वाण तथा परिनिर्वाण पश्चात विश्व समाजमा बुद्ध शिक्षाको चमक, यसको प्रभाव तथा प्रभावकारिताको बारेमा प्रष्ट पार्नु भयो ।
    अर्का प्रस्तोता महेन्द्रकुमार शाक्यले बुद्धका बारेमा जान्नै पर्ने कुराहरुमा जोड दिँदै पन्चशील पालन गर्नमा जोड दिनुभयो ।
    तेस्रो वक्ता डा. सुनिल मास्केले बुद्ध, शिक्षा, बुद्ध शिक्षा, शिक्षक बुद्धको बारेमा दृष्टान्त सहित चर्चा गर्दै “बुद्धतत्व” भएका दोलखाली शिक्षकहरुले विश्वका महान शिक्षक बुद्धको ज्ञान आर्जन गरि उक्त ज्ञानबाट सबै लाभान्वित होउन भनि जिल्लाबासीलाई ज्ञान बाँडेर सबै जना लगनशील भएर काम गर्न जागरुक बनाएको खण्डमा सुख, शान्त र समृद्ध समाज निर्माण गर्न धेरै समय नलाग्नेमा जोड दिदैँ सम्पूर्णमा हातेमालोको लागि आह्वान गरे ।


    अन्तिम प्रस्तोता प्रेम शाक्यले “अप्पो दीप भवः” अर्थात बाह्य संसारमा नभौंतारी हाम्रो सुख हामी भित्र नै निहित छ, त्यसलाई विशेष प्रकार अर्थात “विपश्यना ध्यान”बाट खोजौँ भनेर अभिधम्म, विपश्यना ज्ञानका बारेमा सरल भाषामा प्रस्तुती दिनु भएको थियो । विपश्यनाको प्रभावले आफू क्यानसर जस्तो भयानक रोगबाट पनि सूरक्षित हुन सकेको जीवन्त उदाहरण प्रस्तुत गर्दै सहभागी सबैलाई विपश्यना ध्यान अभ्यास गराउनु भयो। साथै विपश्यना ध्यान अभ्यास नियमित रुपमा गर्न विशेष अनुरोध गर्नु भएको थियो ।
    कार्यक्रम संचालक भगवान दाश श्रेष्ठले आफूलाई यस्तै समाज सेवा काममा जाँगर चलेको बताउँदै बाँकी जीवन “सुखी समाज निर्माण” कार्यमा आफु सक्रिय रहने र आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम संचान गर्ने वचन दिँदै सबैलाई सक्रिय साथसहयोगको लागि आह्वान गर्नु भयो ।
    यस कार्यक्रमका सक्रिय सदस्य शिक्षक शंकरलाल श्रेष्ठले कार्यक्रमको समिक्षा गर्दै फरक प्रकृतिको कार्यक्रममा सहभागी भइयो, जुन जीवनका लागि अपरिहार्य भएको अनुभूति महशुस भएको चर्चा गर्नुभयो । अज्ञानतावस हामीले के खान हुने हो के खान नहुने थाहै नपाई खान हुने पनि खाएका छौं नहुने पनि खाएका छौं, कति खाँदा हुने हो कति नखाने हो त्यो पनि थाहा छैन तर अन्धभक्त लागेका छौं, भ्रममा बाँचेका छौं, यो हाम्रो दुर्भाग्य हो । वास्तवमा बुद्ध शिक्षा जीवन जिउने शिक्षा हो । उक्त ज्ञान मैले ईन्द्र सरको धारावाहिक रेडियो कार्यक्रमबाट हाँसिल गर्ने मौका पाएँ, आज प्रत्यक्ष सुन्न पनि पाएँ । यो बुद्ध शिक्षा जीवनलाई सार्थक पार्ने, सुखी जीवन जिउने तथ्यपरक, सत्यपरक, वस्तुपरक छ, बैज्ञानिकले पुष्टि गरेको बैज्ञानिक शिक्षा हो । त्यसकारण यो शिक्षाले जीवन सुखमय बनाउछ । सुखी समाज बनाउँछ भन्ने कुरामा आफू निश्चिन्त भएको श्रेष्ठले बताउनु भयो ।
    त्यसैगरि पूर्व शिक्षक बाबुराम शर्माले ५ घण्टाको यस सेमिनारमा बुद्धको जन्म देखि मृत्यु, उनका शिक्षा, विपश्यना ज्ञानदेखि ध्यान अभ्याससम्म सिक्न पायौं, हामीले कति ग्रहण गर्न सक्यौँ र जति ग्रहण ग¥यौं त्यसलाई मात्र हामीले व्यवहारमा उतार्न सक्यौँ भने सार्थक हुने बताउनु भयो ।
    अन्तमा स्थानिय सचिव तथा कार्यक्रमका अर्का सक्रिय सदस्य तीर्थबहादुर जोशीले आज हामीले सिकेका कुराहरु हामीहरु सबै पद्मवर्ण विहारमा महिनाको एक दुई चोटि उपस्थित भएर छलफल, अभ्यास गर्न सके राम्रो हुने बताउनु भयो । साथै आजको यो कार्यक्रम सफल पार्न भएको हाम्रो हातेमालोलाई निरन्तरता दिई आगामी दिनहरुमा बहुजन हितार्थ यस्तो कार्यक्रमहरु निरन्तर आयोजना गरौँ भन्दै सम्पूर्ण सहभागिमा अपिल गर्दै कार्यक्रमको लागि हल उपलब्ध गराई दिने श्री राजकुलेश्वर आधारभूत स्कूल परिवारलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

    समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑