• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Thu, 16, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जुरे पहिरो पिडितकाे रकम स्थानीय तहलाई हस्तान्तरण

जुरे पहिरो पिडितकाे रकम स्थानीय तहलाई हस्तान्तरण
मुख्य समाचार
Authorनयाँपानी खबर
May 16, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    २ जेठ,

    सिन्धुपाल्चोक ।

    वाम लोकतान्त्रिक गठबन्धन बनाएर संघ तथा प्रदेशको चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले कार्तिका २२ गते सिन्धुपाल्चोक, क्षेत्र नं १ को प्रतिवद्धता पत्र सार्वजनिक गरे ।

    सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव सापकोटा ‘सुबोध’, प्रदेश क बाट प्रत्यक्षतर्फ मसिना खड्का भण्डारी र ख बाट सरल सहयात्री पौडेल तथा माओवादीबाट समानुपातिकतर्फ अमृता नेपाल प्रभाले सार्वजनिक गरेको प्रतिवद्धतामा तातोपानी नाका सुचारु गर्ने, जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलीत रकम पीडितलाई हस्तान्तरण गर्ने जस्ता कार्यक्रम राखिएका थिए ।
    सिन्धुपाल्चोक क्षेत्र नं १ मा अहिले चारै जना जनप्रतिनिधिका रुपमा प्रतिनिधि र प्रदेश सभामा छन् । यो विचमा संघीय सांसद माधव सापकोटा सुबोधको नेतृत्व र प्रेदश सांसदको समेत पहलमा गत वैशाख १८ देखि ८ बर्ष पछि तातोपानी नाकाबाट दोहोरो निकासी सुरु भएको छ । यस्तै ९ बर्ष देखि जिल्ला विपद् व्यवस्थापन समितिको नाममा रहेको जुरे पहिरो पीडितको नाममा सर्बसाधारणबाट उठेको रकम पीडितहरुको माग अनुसार नै उनीहरुकै खातामा जाने व्यवस्था भएको छ ।
    मन्त्रीपरिषदले रकम फुकुवा गरेपछि जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय पालिकालाई रकम हस्तान्तरणको चाँजोपाँजो मिलायो । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले सापकोटा, भण्डारी, पौडेल र नेपाल चारैजना सांसदको उपस्थितिमा जुरे पहिरो पीडितको नामको रकम वितरणका लागि स्थानीय पालिकालाई चेक र आधिकारीक काजगपत्र हस्तान्तरण गरे । चुनावी प्रतिवद्धता पुरा भएपछि लहरै बसेका सांसदहरुले तालि बजाए । स्थानीय तहका जनप्रतिनिधिले पनि खुसी व्यक्त गरे ।
    यति मात्रै होइन, दलहरुले प्रतिवद्धता पत्रमा ‘वर्षातको समयमा मौसमी स्थानान्तरण, पालिका स्तरमा खाद्य तथा गैरखाद्य सामग्रीको भण्डारण, जोखिमयुक्त बस्तिमा भौगर्भिक अध्ययन जस्ता विषयमा आवश्यक पहल गरी बजेट व्यवस्थापनमा जोड दिइने’ विषय उल्लेख गरेका थिए । सोही अनुसार कामका लागि गरिएको आग्रहमा मुख्यमन्त्री जमरकट्टेलले बहुप्रकोपबाट पीडा भोग्न बाध्य सिन्धुपाल्चोकका स्थानीय तहहरुलाई विपद् पूर्व तयारी र अन्य सरसहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले हरेक मन्त्रालय १३ वटै जिल्लामा कार्यान्वयन इकाई मार्फत कार्यक्रम लागू गरिने जानकारी दिए ।
    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकद्वारा सुकुटेमा आयोजित विपद् व्यवस्थापन सम्बन्धी छलफलमा मुख्यमन्त्री जमरकट्टेल, प्रतिनिधि सभा सदस्य माधब सापकोटा, बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै बागमती प्रदेश सभा सदस्यहरु सरल सहयात्री, मसिना खड्का भण्डारी, अमृता नेपाल, माईली तामाङ, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विपद सम्पर्क व्यक्तिहरु, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    मुख्य समाचार बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑