• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • २दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • ३इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • ४सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • ५एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • ६क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • ७नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक
  • ८प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक
logo
आज:  | Thu, 19, Feb, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न

इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
नयाँपानी खबर
नयाँपानी डेस्क
February 19, 2026 मा प्रकाशित (३६ सेकेण्ड अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक । नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावती गाउँपालिकामा चुनावी घरदैलो अभियान सञ्चालन गरेका छन्। मङ्गलबार पालिकाको केन्द्र नवलपुरबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम अन्तिम दिन आज वडा नम्बर १, २ र ३ मा पुगेर सम्पन्न भएको हो।

    घरदैलो अभियानका क्रममा तामाङले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका गुनासा र समस्या सुनेका थिए। स्थानीयवासीले विशेषगरी जंगली जनावर बाँदर, कँडेल तथा दुम्सीका कारण कृषि बालीमा ठूलो क्षति भइरहेको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।

    त्यस्तै, कच्ची सडकका कारण धुलो, हिलो र फोहोरको समस्या बढेको र यसले दैनिक जीवनमा गम्भीर असर पारेको स्थानीयको गुनासो छ। सवारी आवागमन, विद्यार्थीको विद्यालय आवतजावत तथा वृद्धवृद्धाको दैनिक गतिविधिमा कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।

    वडा नम्बर १० अन्तर्गतको विकट झोलुङ्गे बस्तीमा उम्मेदवार तामाङ पुगेपछि स्थानीयवासी उत्साहित र खुशी देखिएका थिए। लामो समयदेखि विकासका आधारभूत सुविधाबाट वञ्चित उक्त बस्तीका बासिन्दाले झोलुङ्गे बस्ती–बडहरे–नवलपुर मोटरबाटो स्तरोन्नतिको माग गरेका छन्। वर्षौंदेखि कच्ची र अप्ठ्यारो अवस्थामा रहेको सडकका कारण कृषि उपज ढुवानी, आवतजावत तथा आपतकालीन सेवामा समस्या भइरहेको उनीहरूको गुनासो छ।

    स्थानीय प्रतिनिधिहरूले गाउँका महिला तथा युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, साना उद्यम प्रवर्द्धन तथा आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। रोजगारीको अभावका कारण युवाहरू बाहिरिन बाध्य भएको भन्दै गाउँमै रोजगारी सिर्जना गर्न विशेष पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।

    स्थानीयको गुनासो सुनेपछि उम्मेदवार तामाङले स्पष्ट योजनासहित घरदैलोमा पुगेको बताउँदै उठेका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै अधुरा पूर्वाधार योजनाहरू सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै उनले आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।

    घरदैलो अभियानका क्रममा इन्द्रावतीबासीबाट प्राप्त साथ, सहयोग र समर्थनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी समेत उनले गरेका छन्।

    नयाँपानी खबर बाट थप

  • दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न

    इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न

    दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने

    दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    समाचार
    इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न

    इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न

    दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने

    दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑