• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
नयाँपानी खबर
नयाँपानी डेस्क
January 16, 2026 मा प्रकाशित (४ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    नवलपुर । एसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
    कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यार्थीहरूको रुचि र चाहनाअनुसार विषयवस्तु चयन गरी अध्ययन–अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले “एउटा विद्यालयले कम्तीमा एउटा विषयमा विद्यार्थीलाई दक्ष बनाउने उद्देश्यका साथ शैक्षिक प्रणाली अघि पढाउनुपर्ने बताउँदै विद्यालयमा सञ्चालनरत प्राविधिक धारको अध्यापनलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए ।
    शिक्षा नै समग्र विकासको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले शिक्षा प्राप्तिमा कोही पनि पछि पर्न नहुने बताए । साथै विद्यालयमा विद्यार्थी सङ्ख्या वर्षेनी घट्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै यसका कारण पहिचान गरी समाधानका लागि स्थानीय सरकार तथा सम्बन्धित निकाय चनाखो हुनुपर्ने धारणा राखे ।
    नजिकिँदै गरेको एसइई परीक्षालाई लक्षित गर्दै उनले विद्यार्थीहरूलाई मेहनतका साथ अध्ययन गरी उत्कृष्ट नतिजा हासिल गर्न आग्रह गरे । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू विशिष्ट स्थान सम्म पुगेको उल्लेख गर्दै अझ उच्च तहमा पुग्ने क्षमता विकासका लागि निरन्तर परिश्रम गर्न सुझाव दिए । वडाको शैक्षिक विकासका लागि वडा कार्यालय र गाउँपालिका सधैं विद्यालयसँग सहकार्यमा रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मिना मैयाँ थापाले आफ्नो जिम्मेवारीको दौरानमा सक्दो योगदान दिएको उल्लेख गर्दै काम बोलेर होइन, गरेर देखाउनुपर्ने धारणा राखे । आफ्नो क्ष्मताले भ्याएसम्म जिम्मेवारीे कुशलतापूर्वक नेतृत्व बहन बरेको बताउँदै पुनः अभिभावकको माया र सद्भाव प्राप्त भएमा बिद्यालयको बिकाशमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
    नमोबुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक मिना पाण्डेले गुणस्तरीय शिक्षाका लागि अभिभावक र शिक्षकबीच एकजुटता आवश्यक रहेको बताउँदै चुनौती चिर्दै अघि बढ्न सबै जुट्नुपर्नेमा जोड दिए ।
    कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य तथा कार्यक्रमका सभापति रामप्रसाद गौतमले आगामी विद्यालय व्यवस्थापन समितिको नेतृत्व सक्षम, सक्रिय र काम गर्ने हुटहुटी बोकेको हुनुपर्नेमा जोड दिए ।
    वार्षिकोत्सवको अवसरमा हरेक कक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका विद्यार्थीहरूलाई मायाको चिनो र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई मेडलसहित सम्मान गरिएको थियो ।
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेश कृष्ण श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै घट्दो विद्यार्थी संख्या, अभिभावकको चासोको अवस्था, भौतिक तथा शैक्षिक प्रगति र भावी योजनाबारे जानकारी गराए । हाल विद्यालयमा इसिडीदेखि कक्षा १२ सम्म ३२४ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिए ।
    विद्यालयको वार्षिकोत्सवको अवसरमा वडा नम्बर ४, ५ र ६ का कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूबीच गणित दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी तथा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा नवलपुर भ्याली स्कुलकी कृतिक्षा शाही प्रथम, एसेलुखर्क माध्यमिक विद्यालयका सुजल अर्याल द्वितीय र नमोबुद्ध आधारभूत विद्यालयकी ऋतु तामाङ तृतीय हुन सफल भए ।
    कार्यक्रमको स्वागत मन्तव्य राख्दै विद्यालयका पूर्व प्रधानाध्यापकञ्जरमणि भट्टराईले दिनुभएको थियो । उहाँले विद्यार्थी र अभिभावकको सहभागिता न्यून भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै विद्यालयको समग्र विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू पूर्ण दास हिमालय, मानबहादुर श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र अर्याल, सदस्यहरू छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, गणित दौडमा सहभागी विद्यालयका प्रतिनिधि शिक्षकहरु, विद्यार्थीहरु अभिभावक लगायत सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑