• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • २ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • ३सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ४इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ५मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ६हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ७उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ८नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
logo
आज:  | Wed, 13, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर

नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर
नयाँपानी खबर
नयाँपानी डेस्क
January 8, 2026 मा प्रकाशित (४ महिना अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    नवलपुर।

    श्री नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ।

    आज संस्थाको कार्यालय नवलपुरमा सम्पन्न अधिवेशनबाट सानु कान्छी राना मगरको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

    समितिको उपाध्यक्षमा सविता शाही ठकुरी, सचिवमा सावित्री अधिकारी, कोषाध्यक्षमा सुस्मिता खनाल र सदस्यहरूमा कल्पना अधिकारी, भगवती आचार्य, भवानी नकर्मी, बिना तामाङ, शान्ति राना, डोलमा लामा र माया तामाङ चयन भएका छन ।

    गाउँपालिका अध्यक्ष झमकनाथ नेपालको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै अध्यक्ष नेपालले राज्यले संस्थाको प्रकार हेरेर सहयोग तथा अनुदान प्रदान गर्ने र बचत तथा ऋण सहकारी संस्था लाई त्यति प्राथमिकता नदिने भएकोले नौली महादेव लाई पनि कृषि सहकारी संस्थामा रुपान्तरण गर्न आग्रह गरे ।

    महिलाहरूको आर्थिक अवस्था मजबुत बनाउने दृष्टिकोणका साथ गाउँपालिका अघि बढेको बताउँदै गाउँपालिकाकै केन्द्र नवलपुरमा अवस्थित यस सहकारीले पालिकाभित्र रहेका अन्य सहकारीहरू भन्दा फरक पना ल्याउन र सबैले अनुसरण गर्ने गरी काम गर्न सुझाव सहित त्यसका लागि गाउँपालिकाले खेल्नुपर्ने भूमिकामा तयार रहेको उनको भनाइ थियो।

    महिलाहरूलाई विभिन्न सीपमूलक तालिम दिई सक्षम बनाउने प्रयासमा गाउँपालिकाले विभिन्न तालिमहरू दिएको र उक्त तालिमबाट स्वरोजगारको बाटोमा महिलाहरू लागेको समेत जानकारी गराए ।

    गाउँपालिका अहिले दुध, मासु र खाद्यान्नमा आत्मनिर्भर भएको बताउँदै फलफुलमा पनि आत्मनिर्भर हुनको लागि काम गरिरहेको बताए ।

    कार्यक्रमका विशिष्ट अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव तथा सहकारीका पूर्वाध्यक्ष समेत रहनुभएका अन्जु ढंगानाले जुन महिलाको हातमा पूँजी हुन्छ तब त्यो घर सबल र सक्षम बन्ने धारणा राखे ।

    विगत १० वर्षको अन्तरालमा यस क्षेत्रमा आइपुग्नको लागि बनेको सडक मार्ग निकै सुविधाजनक भएको देख्दा खुसी लागेको बताउँदै यो सडक काठमाडौँबाट चाउचाउ र कुर्मुरे लगायतका पत्रु खानाहरू आयात गर्नको लागि मात्र नभई यहाँका नागरिकले उत्पादन गरेका हरेक चिज निर्यात गर्नको लागि पनि प्रयोग गर्ने गरी उत्पादन गर्न आग्रह गरे ।

    राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले विकट क्षेत्रमा अप्ठ्यारोमा परेका सुत्केरी महिला हरूलाई हेलिकप्टर मार्फत उद्धार गर्ने क्षेत्रहरूको सूचीमा सिन्धुपाल्चोकका विभिन्न स्थान लाई पनि आफ्नै पहलमा राख्न सफल भएको बताउँदै हालसम्म ८९० जना सुत्केरी महिलाहरू हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिए।

    वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले यस सहकारीले महिलाको सवालमा धेरै कामहरूको गरेको बताउँदै सहकारीको प्रशंसा समेत गरे । सहकारीलाई यहाँसम्म सक्षम नेतृत्वले मात्रै सक्ने भएकोले अब आउने नेतृत्व पनि यसलाई प्रभावकारी तरिकाले अघि बढाउन सक्षम महिला छनोट गर्न सुझाव दिए ।

    महिलाहरूलाई आर्थिक रुपमा सबल र व्यवसायिक बनाउन विगतमा पनि वडाले यस सहकारीसँग सहकार्य गरी विभिन्न काम गरेको बताउँदै आगामी दिनमा पनि वडा स्थानीय सरकार सहकारीको साथमै रहने र सँगसँगै अघि बढ्ने उनको भनाइ छ।

    साथै सहकारीलाई झै उचाइमा पुर्‍याउन आउने नेतृत्व र समिति सक्षम होस् भनी शुभकामना पनि व्यक्त गरे ।

    सहकारीका सदस्य तथा मेलमिलाप संघका संयोजक दया कुमारी मिश्रले शुभकामना मन्तव्य राख्दै ऋणी दिदीबहिनीहरूले ऋण समयमा तिर्न अनुरोध गरे ।

    नेपाल साइकल यात्री माधव कुइकेल, जनसुधार महिला विकास सहकारीका अध्यक्ष अम्बिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    सहकारीका पूर्व अध्यक्ष सनु कान्छि रानामगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा व्यवस्थापक लक्ष्मीदेवी कोइरालाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सावित्री गजुरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    सहकारीले संस्थाका सदस्य महिलाहरूको प्रजनन स्वास्थ्यमा सेवा पुर्‍याउनका लागि आमा तथा शिशु मृत्युदर घटाउन एमडीएम फ्रान्सको आर्थिक सहयोगमा ६० हजार आकस्मिक कोष प्राप्त भएको र सो कोषलाई १५००० को दरले नवलपुरको पाएक पर्ने चार ठाउँमा राखिएको र यो कोषको उक्त रकम गर्भवती महिलालाई नवलपुर प्राथमिक अस्पतालले सुत्केरी गराउन नसकेको खण्डमा अन्यन्त्र लैजानुपरेमा बिना ब्याज एक महिनासम्म चलाउन सकिने सहकारीका व्यवस्थापक लक्ष्मीदेवी कोइरालाले जानकारी दिए ।

    आर्थिक वर्ष २०८२ असार मसान्तसम्म २३ जना नियमित किस्ता रकम बुझाउने सदस्यहरूलाई कार्यक्रमको अवसरमा फिर्ता रकम समेत आज प्रदान गरिएको छ। उनीहरूले नियमित किस्ता बुझाएबापत बुझाएको ब्याजबाट ५% रकम फिर्ता पाउँदै आएका छन्।

    सहकारीमा नियमित बचत, बाल बचत, पर्व बचत, आवधिक बचत, जेष्ठ नागरिक बचत तथा गर्भवती बचत गरी १३०२ जना बचतकर्ता सदस्य रहेको सहकारीमा हाल २ करोड ९ लाख २१ हजार ८१९ निक्षेप रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ। साथै सहकारी ले यस आर्थिक वर्ष ३ करोड ३० लाख १७ हजार ४४२ को कारोबार गरेको पनि आर्थिक प्रतिवेदनमा उल्लेख छ।

    नयाँपानी खबर बाट थप

  • पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    समाचार
    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑