• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Wed, 22, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

छैठौँ जलवायु गुफाडाँडा सम्मेलन सम्पन्न, मुख्यमन्त्रीद्वारा सडक निर्माण र पर्यटन विकासका प्रतिबद्धता

छैठौँ जलवायु गुफाडाँडा सम्मेलन सम्पन्न, मुख्यमन्त्रीद्वारा सडक निर्माण र पर्यटन विकासका प्रतिबद्धता
समाचार
Authorनयाँपानी खबर
January 1, 2026 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    मेलम्ची ।

    मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित गुफाडाँडामा छैठौँ जलवायु गुफाडाँडा सम्मेलन २०८२ सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम आफ्नो भनाइ राख्दै जनताको शासन मन नपर्नेहरुले गाजाको तालमा लठ्ठ भएर जेनजी आन्दोलनको नाममा हाइज्याक गरेर संसद भवन, सिंहदरबार, अदालत लगायतका सार्वजनिक सम्पत्तिहरू जलाएको आरोप लगाउनुभयो । उहाँले राजनीतिको र राजनीतिक दलको नाममा भ्रमछर्नेहरु गाउँ छिर्न सक्ने भन्दै सचेत हुनपर्ने बताउनुभयो ।

    देशमा गरिखानेको दिन सुरुभएको बताउनुभएको छ । उहाँले ठगी खाने र मागी खानेको जमाना गएकाले अब हरेक जनता आत्मनिर्भर बनाउने गरि प्रदेश र स्थानीय तहले काम गरिरहेको बताउनुभयो ।

    मुख्यमन्त्री बानियाँले अहिले निर्वाचन हुने वातावरण नभएको भन्दै सरकार निर्वाचन गर्नेगरि अगाडि नबढेको बताउनुभयो । जनतामा युट्युब, फेसबुकबाट भ्रम छरेर दिगभ्रमित गरेकाले जेलबाट छुटेका कैदीहरुबाट शहर बजार असुरक्षित बनेको बताउनुभयो ।

    मुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाडा ओखरेनी सम्मको सडक निर्माणको जिम्मेवारी लिदै गुफाडाडालाई पर्यटकीय केन्द्र बनाउने बताउनुभयो ।

    कार्यक्रमका सभापति मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलवायु पार्क र मेलम्चीदेखि ज्यामिरे गुफाडाँडा, ओखरेनी सडक निर्माणको जिम्मेवारी प्रदेशका मुख्यमन्त्रीले लिएको भन्दै गुफालाई पर्यटकीय हिसाबले निर्माण गर्ने कुरामा मेलम्ची मात्रै नभई छिमेकी पालिकासमेत लागिरहेको बताउनुभयो । तालिम सेन्टर, बुद्धको मुर्ति, टावर बनाएर गुफाडाँडालाई पर्यटकीय र शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्धको मुर्ति, डम्फूपार्क, सिँढी निर्माणको लागि बजेट बिनियोजन भैसकेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा पूर्वमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय समुदायले दिने बजेट नदिएको भन्दै गुफाडाँडालाई जलवायु सम्मेलन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायलाई बजेट माग गरेर कार्ययोजनासमेत बनाउन नसकेको प्रति आपत्ति जनाउँदै जलवायु परिवर्तनका बारेमा कुरा गर्दै बिदेश जानेहरुले अहिलेसम्म के गरे भन्ने प्रश्न गर्नुभयो ।

    त्यस्तै बागमती प्रदेशका कानुन मन्त्री शिवराज अधिकारीले जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति न्युनिकरणका लागि तीनै तहका सरकार सहकार्य गरेर अघि बढ्दै विकशित राष्ट्रसँग यसकाे क्षतिपूर्ति दाबी गर्नुपर्ने बताउनुभयाे ।

    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी तामाङ, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, निवर्तमान जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ, एमाले नेता बालकृष्ण देउजा, नगरपालिकाका उपप्रमुख उमा प्रधान लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा जलवायुविज्ञ महेश्वर ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा खैजडी भजन, झाँक्रीनाच, विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिसमेत रहेको थियो ।

    समाचार बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑