• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • २ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ३भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ४शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ५आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
  • ६खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • ७मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • ८गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
logo
आज:  | Fri, 23, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
नयाँपानी खबर
नयाँपानी डेस्क
November 29, 2025 मा प्रकाशित (१ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    चौतारा–नवलपुर–मेलम्ची सडकखण्डको झ्याडीदेखि भेडिचौरसम्म भइरहेको सडक निर्माणमा गम्भीर अनियमितता पाइएको छ।

    करिब २२ करोड ८३ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो सडकमा ठेकेदार अमर ज्योति कन्स्ट्रक्सनले सम्झौता तथा प्राविधिक मापदण्डविपरीत क्रसर मटेरियलको सट्टा माटो र ठूला ढुंगा प्रयोग गरी सब–बेस बिछ्याएको स्थानीय र प्राविधिकहरूले बताएका छन्।

    मापदण्डअनुसार २० सेन्टिमिटर क्रसर मटेरियल अनिवार्य रहे पनि प्राकृतिक सामग्री प्रयोग गरिएको पुष्टि भएपछि प्रदेश सभा सदस्य युवराज दुलाल स्वयं स्थलगत निरीक्षणमा पुगेका थिए। उनले सामग्री र कार्यविधिप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक धनको दुरुपयोग भएको टिप्पणी गर्दै तत्काल निर्माण रोक्न र प्राविधिक परीक्षणपछि मात्र काम अघि बढाउन निर्देशन दिएका छन्।

    वर्षौको प्रतीक्षापछि सुधार प्रक्रिया सुरु भएको सडकमा प्रारम्भिक चरणमै अनियमितता देखिएपछि स्थानीय आक्रोशित बनेका छन्। दैनिक आवतजावत, व्यवसाय तथा विद्यार्थीहरूको यातायातमा वर्षौँदेखि कठिनाइ झेल्दै आएका उनीहरूले फेरि गुणस्तरहीन कामले दीर्घकालीन असर पार्ने चिन्ता व्यक्त गरेका छन्।

    पुर्वाधार विकास कार्यलयका इन्जिनियर सुजन भट्टले मंसिर ११ गते नै निर्माण रोक्न पत्र पठाएको तर ठेकेदारले अवहेलना गर्दै बेस बिछ्याउने काम अघि बढाएको बताए। उनका अनुसार प्राविधिक परीक्षण नगरी काम अघि बढाउनु अनियमितता लुकाउने प्रयास हुनसक्छ।

    निर्माण व्यवसायका प्रतिनिधि सन्दीप आचार्य भने सबै काम सम्झौताअनुसार भएको दाबी गर्दै प्राकृतिक सामग्री केही तहमा प्रयोग गर्न मिल्ने प्राविधिक व्याख्या रहेको बताएका छन्।

    स्थानीय, जनप्रतिनिधि र निरीक्षण टोलीले यस्ता दाबी अस्वीकार गर्दै अनियमितता प्रष्ट भएको बताएको छ। सरोकारवालाबीच समन्वय अभाव, निगरानी कमजोरी र ठेकेदारको मनोमानी मुख्य समस्या रहेको निष्कर्ष निकालिएको छ। अब प्राविधिक परीक्षण, गुणस्तर मापन, कडाइयुक्त अनुगमन र जिम्मेवारी तोकिएपछि मात्र सडकको वास्तविक अवस्थाबारे स्पष्टता आउने स्थानीयले अपेक्षा गरेका छन्।

    सार्वजनिक धनमा निर्माण भइरहेको महत्त्वपूर्ण सडक भएकाले पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकताको संकेत गरिएको छ।

    नयाँपानी खबर बाट थप

  • सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    समाचार
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑