
असाेज ९
काठमाडाैँ ।
याङ्री लार्के स्थानीय सरोकार समितिले मेलम्ची खानेपानी विकास समितिलाई आज एक ज्ञापनपत्र बुझाएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासलाई समितिका अध्यक्ष गोपाल स्याङ्बोको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो । उक्त टोलीमा समितिका कोषाध्यक्ष सोमर बोम्जन, सचिव चन्द्रबहादुर तामाङ, सदस्य अर्जुन लोप्चन र युवा व्यवसायी बिमल तिमल्सिनासहितका प्रभावित स्थानीयहरु सहभागी हुनुभएको थियो ।
समितिले असोज ८ गते बसेको बैठकका निर्णयहरू समेत समेटेर ज्ञापनपत्र पेस गरिएको जनाएको छ । ज्ञापनपत्रमार्फत मेलम्ची खानेपानी विकास समितिद्वारा प्रभावित क्षेत्रमा सामाजिक उत्थान कार्यक्रम असोज मसान्तभित्र लागू गर्न माग गरिएको छ ।
समितिका अध्यक्ष स्याङ्बोले अनुसार सामाजिक उत्थान कार्यक्रम तत्काल कार्यान्वयन नभएमा मेलम्ची खानेपानी विकास समितिको सम्पूर्ण कार्य बन्द गर्नेसम्मका कठोर कदम चाल्नुपर्ने बाध्यता आउने चेतावनीसमेत दिइएको जानकारी दिए । केहि स्थानीय सरकारको कारणले अरब भन्दा बढि पैसा नआउदा स्थानीय मारमा परेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस