
जेनेरेसन मिलेनियल्स अर्थात मेरा पुस्ताका मित्रहरुका लागि पत्र ।
प्रिय मिलेनियल्स
( हाम्रो पुस्ता भजन गाउनकै लागि जन्मिएको हो त ? )
हाम्रो पुस्ता गजबको छ । हाम्रो पुस्ता रेडियो सुन्दै , गोरु जोत्दै हुर्कियो । कम्प्युटर शब्द नै हाम्रा पुस्ताका लागि आजको एआइ भन्दा पनि अनौठो थियो , त्यो पनि विद्यालयमा पछि पछि सुन्न पाएका थियौं । लाहुेको बिदेशी ट्याङ्का र रातो रुमाल रुमानी भावको निसानी थियो हाम्रो पुस्तालाई । कोदालीले मज्जाले खनेर चित्रामा थुपारेको रातो चामलको भातलाई सालको पातको टपरीमा बारीको पाटामा लुगा फुकालेर खाएर आएको हो हामी । धूलोले भरिएको कक्षामा ढुङ्गाको आसनमा बसी पाटीमा अक्षर लेख्ने काम पनि धेर थोर मेरो पुस्ताले नगरेका हैन । बोरा काटेर दमाइले सिलाई दिएको विद्यालयको झोला हाम्रा लागि लक्जरी थियो । तर समय एकै ठाउँ रहिरदैन । हामी आज कप्युटर युग , सूचना प्रविधिको क्रान्तिकारी युग छिचोल्दै एआइको युगमा आइसक्यौं । यही पुस्ताले पञ्चायतदेखि , बहुदल हुँदै लोकतन्त्र र संघीय गणतन्तत्रसम्म देख्यो । अmभै देख्न धेरै बाँकी छ ।
प्रिय मिलेनियल्यस,
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै पौष् १४ गते हामीले लगाउने नारा अहिले पनि मेरो कानमा गुञ्जिन्छ । हामीले २०४६ को आन्दोलनको स्मृति पनि छ हामीलाई । सो समयमा हामी आन्दोलनमा सहभागी भएनौ । तर सोही समयदेखि हामीले बहुदल , प्रजातन्त्र , व्यल्याकआउट , कफ्र्यु , नेपालबन्द , आन्दोलन सुन्दै आएका हों । सोही आन्दोलनमा पम्फादेवी र बीरेन्द्र बिरुद्धका नारा पनि सुनियो ।
२०६२ ÷ ६३ मा हामी प्रत्यक्ष रुपमा आन्दोलनमा होमियौं । हाम्रो चेतनाको प्रखर ज्वाला बल्ने समय थियो त्यो । मुलुकमा फैलियो हिंसात्मा गतिविधि र राजाको निरकुंश शासनको एकैपटक समाधान खोज्ने आन्दोलनको रुपमा हामीले त्यस आन्दोलनलाई लिर्यौं ।
व्यक्तिगत रुपमा म चाबहिललाई केन्द्र बनाएर आन्दोलनमा सहभागी हुन्थें । धेरै साथीहरु जान्थ्यौं । आन्दोलन हिंसात्मक थिएन सुरक्षित नै थियो । कहिलेकाहीं अश्रु्ग्याँस र गोली नचेलका हैनन् तर त्यसलाई हाम्रो युवा वयले महत्व नै दिएन । एकदिन चाबहिलमा दुर्जकुमार राई आयो रे भन्ने सुनियो । सो समयमा दुर्जकमार राई खतरनाक प्रहरी अधिकृत थिए । नभन्दै अपरान्ह गगनको भाषण पनि थियो र गोली पनि चल्यो । भागेर महाँकाल चौर पुग्यौं । चप्पल खुस्किएर खाली खुट्टा भएको त्यसपछि मात्र थाहा भयो । एकदिन चाबहिबाट कफ्र्यु तोडी मैतीदेबी पुगेपछि भने एकैपटक अश्रुग्यँसको मुस्लोमा परेर आँखा देख्न पनि नसकी भागेको र कसैले घरको छतबाट पानी हालिदिएको याद आउँछ । पानी परेपछि अश्रूग्याँसको प्रभाव कम हुँदो रहेछ । ती सहयोगी को थिए ? कुन्नि तिनकै कृपाको बदौलत म हल्का हल्का आँखा हेर्दे मैतिदेवि मन्दिरबाट रातोपुल र अनि भण्डारखाल बनमा पुगेको थिएँ । भण्डारखाल पुग्दा मसँग भएका साथीहरु कोही परिचित थिए कोही अपरिचित । म जस्तो कुनै सामान्य विद्यार्थीले त यसरी सहभागिता जनाएको सो आन्दोलनमा राजनीतिक रुपमा सक्रिय भएका अरु मिलेनियल्सहरु झन कति सक्रिय थिए होलान् ? अनुमान लगाउन सकिन्छ ।
अब त हाम्रो पुस्ता प्राविधिक रुपमा युवा पनि रहेन । विचार र चेतनामा मच्युरिटि आउनुको साटो कतै कतै कसैकसैलाई केटाकेटीपन आएको पनि देख्छु । त्यही भएर सार्वजानिक अपिल सहित मैले यो चिठी लेखेको हुँ ।
हाम्रो पुस्ताले २०६२ ÷६३ मा जे गर्यो त्यसबाट यो त प्रष्ट छ नि राजनीतिक चेतना शून्य भएको फगत फट्के किनाराका साक्षी हामी हैनौं । हामी कर्ता , भोक्ता र द्रष्टा तीनै हौं ।
युवाको वकालत गर्दागर्दै म आफू स्वयम् ४० बर्ष कटिसकेँ । हामीले भन्ने गरेका युवा नेताहहरु सप्पै प्रौढ नेतामा परिणत भैसके । हामीलाई मनपर्ने भनिएका नेताहरुको तह (गगन ,विश्व लगाएतका) भन्दा माथि अझै दुइवटा थप लेयर छ बृद्ध नेता र बयोबृद्ध नेताको ।
यतिखेर जेन जीको अगाडि मेरो उमेरलेले म स्वयमलाई युवा भनिरहन दिएको छैन । साथीहरु हामीले मनपराउने पुस्ता भन्दा पनि अझै दुई पुस्ता माथिको बयोबृद्ध तहको नेताको पक्षमा वकालत गर्न र पैरवी गर्न थाल्नु भो त । यहाँहरुको तर्क छ यस्तो रष्ट्रिय संकटको घडीमा नेतृत्वको आलोचना गर्न हुदैन । त्यसरी हेर्दा त सामान्यमा अवस्थामा आलोचना गर्ने कामै हुदैन , संकटको बेलामा गर्नै भएन । प्रिय मित्रहरु तपाईहरुलाई यो सम्झाउनु चाहान्छु, । मित्रहरु, खासमा यो राष्ट्रिय संकटको कारण नै तिनै डेट एक्स्पायर्ड नेता र तिनीहरुको गन्हाइसकेका जीउलाई आफ्नो सम्पूर्ण उर्जाशील समय खर्चेर बोकी हिंड्ने हाम्रै अन्ध जमात हैनन् र ? किन विर्सेको ? हाम्रा पुस्ताका कतिपय काम र दृष्टि दुबैलाई खारेज गरिदिएको जेनजिको आन्दोलनको अगाडि उही पुराना गन्हाइसकेको सतिदेवीको लास बोकेर हिंडेर निर्लज्ज नहुनुस् । डेट एक्सपायर्ड भैसकेका नेताहरुको वकालत गर्न हामीलाई नैतिक शक्ति छैन भन्ने बुझ्नुस । मिति गुज्रेका औषधिको स्थान डस्बबिन हो ।
नेपोलिएनको समयमा भएको एउटा बडो रोचक घटना छ । चालिस बर्षसम्म कारागरमा बसेका बन्दीहरुलाई क्रान्तिकारीहरुले स्वतन्त्र गरिदिए पछि उनीहरुले आफूहरु पुनः कारागारमै बस्ने भन्दै बहिर जान मनाही गरिदिए । उनीहरुलाई प्रकाशको आदत हराइसकेको थियो ।
यही घटनालाई वा परिदृश्यलाई दर्शनको भाषामा बुझ्न मन पराउनुहुन्छ भने , महान् दार्शनिक प्लेटोको अलेगोरी अफ केभ सम्झिनुहोस् । अध्याँरो गुफा भित्र बर्षौ देखि बस्तुको छायाँलाई नै बास्तविक संसार मानेर बस्नेहरुले गुफा बाहिरको प्रकाशको दुनियाँलाई भ्रम सम्झन्छन् । उनीहरुलाई गुफा बहिरको स्थिति भयोत्पादक लाग्छ । कुनै दार्शनिक त्यस गुफाको बाहिर निस्की बास्तविक संसारको प्रत्यक्षदर्शीै भई गुफा भित्र रहेकालाई “तिमीहरुले जे देखेका छौ त्यो त छायाँ मात्र हो बास्तविक कुरा त बाहिर छ है ” भन्दै रहस्योद्घाटन् गर्छ तर दःुखको कुरा आजन्म गुफाभित्र रहेकाहरुले त्यो सत्य पत्याउँदैनन् । उल्टै त्यस सत्यदर्शी व्यक्तिालई भगौडा सन्की र भडँुवा करार गर्छन ।
राजनीतिक घटनाक्रमबाट बुझ्न मनपराउनु हुन्छ भने । हाम्रे छिमेकी राष्ट्र भारतमा लामो समयसम्म बिट्रिस राज थियो । १९४७मा भारत विभिाजन र स्वतन्त्रता प्राप्ति दुबै भयो । सो समयमा पनि ,“अब भारतलाई कसले चलाउँछ ? ” भन्ने मतहरु प्रष्ट र बलियोरुपमा बाहिर आएका थिए तर भारत त बिट्रिस राज भन्दा राम्रैसँग चल्यो । अहिलेको संसारकै सुपर शक्तिमा रुपान्तरण हुन खोजिरहको छ ।
हाम्रै पुस्ताले अत्यन्त्र त्रासदीले भरिएको दरबारहत्याकाण्ड पनि देख्यो भोग्यो । त्यस भीषण शून्यता र“अब के हुन्छ ” प्रश्न पछि पनि मुलुक त चल्दै आइरहेको थियो हैन र ।
स्वर्गका राजा इन्द्रका मित्र दशरथको दुखदायी मृत्यु र रामचन्द्रको बनगमनको समयमा पनि अयोध्या चलेको थियो हैन र ?
हिटलर, मुसोलिनि , जङ्गबहादुर, महारज पृथ्वी, गान्धी,रुजबेल्ट, नेल्सन मन्डेला सबै सबै सधै रहिरहंदैनन । कतिपयले कीर्तिशेष हुन्छन् कति अपकीर्तिशेष हुन्छन् । बृद्ध त वृद्धै भए तपाईहरु अझै बृद्ध हुनु भएको छैन है ।
प्रिय मेरा मित्रहरु यो सत्यलाई स्वीकार्नुस कि हाम्रो पुस्ता राजनीतिक रुपमा असफल रह्यो नत्र हालको स्थिति त आउँदैन थियो । अत्यन्त विद्वान र बुज्रुक जस्तो बनेर यसो गर उसो गर भन्ने नैतिक बल छैन हाम्रा पुस्तासँग छैन । यो त यसकारण पनि छैन कि आजको राजनीतक स्थितिको लागि हाम्रो कुनै योगदान छैन प्रत्यक्षरुपमा । आशिर्वादको हात हट्छ भन्ने भयले यसो गरिरहनु भएको होला । दैलो उघारेर हेर्नोस तपाईलाई आशिर्वाद दिनेहातहरु आफै आशिर्वादको खोजिको लागेका छन् ।
के यो पुस्ता दास , भक्त र भजनगाउन कै लागि जन्मिएको त थिएन होला ?? अझै फेरि पनि तपाईहरु प्रचण्ड , ओली वा देउवा वा यी तिनीहरुकै जस्तै बिचार बोक्ने व्यक्तिको वकालत गर्नुहुन्छ भने चाहिँ हुनस्क्छ यो पुस्ता भजनैकै लागि जन्मिएको हो ? पुनश्चः तपाईहरुलाई सम्झाउनु चाहान्छु यस गएको संसदीय चुनावमा युवाहरुको पक्षमा आवाज नउडेको हैन , तर तपाईहरुले देख्नु भएकै छ उमेरले युवा भनिएकाहरु सोच र चिन्तनले भयङ्कर दक्षिणपन्थी र जर्जर बृद्ध प्रमाणित भैसकेका छन् । चिन्तनका दृष्टिले शून्य बज्रस्वाँठहरु नेतृत्वमा आउँदा पहिलाका उमेरका हिसाबले बृद्ध व्यक्ति भन्दा यसकारण झनै खतरनाक देखिँदरहेछन् कि यिनीहरुसँग भौतिक रुपमा शक्ति पनि जम्मा भएका हुँदोरहेछ ।
अलिक लामो भएको क्षमा र पत्रको अन्तमा बिदा माग्छु ।
विनित
तपाईको पुस्तामित्र
प्रेम भण्डारी
सिन्धुपाल्चोक
प्रतिक्रिया दिनुहोस