
भदौ १९
सिपापोखरे ।
ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६३ औं बार्षिकोत्सव भव्यताका साथ मनाएको छ। आज एक कार्यक्रम गरी बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको विशेष आतिथ्यतामा विद्यालयले बार्षिकोत्सव मनाएको हो ।
विद्यालयको बार्षिकोत्सवको अवसरमा बर्ष उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुका साथै आन्तरीक तथा अन्तर विद्यालय बीच भएको विभिन्न प्रतियोगितामा उत्कृष्ठ हुनेलाई पुरस्कारद्वारा सम्मान गरेको छ । एसईई र कक्षा ८ मा उत्कृष्ठ अङ्क ल्याउने बिद्यार्थीलाई पनि विद्यालयले सम्मान गरेको छ ।
कार्यक्रमको अवसरमा आफ्नो मन्तव्य राख्दै बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री युवराज दुलालले बैदेशिक गन्तव्य रोक्नका लागि गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । सांसद दुलालले आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु नै गुणस्तरीय शिक्षाको मुल मर्म रहेको धारणा राखे ।
विद्यालयहरु अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउँदै अरुको सिको गर्ने तर आफ्नो मौलिकता गुमाउन नहुने उनको भनाइ थियो । पूर्वमन्त्री दुलालले विद्यालयका सबैखाले समस्यामा आफुले सक्ने सहयोग गरीरहेको र आगामि दिनमा पनि निरन्तर गरीरहने प्रतिबद्धता जनाए ।
यस्तै कार्यक्रममा बोल्दै विषेश अतिथि तथा ईन्द्रावति गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले राजेश्वरी मावि लामो ईतिहास बोकेको शैक्षिक धरोहर रहेकाले गुण्स्तरमा पनि अब्बल हुनुपर्नेमा जोड दिए । विद्यालयको भौतिक संरचना पुर्ण रूपमा सम्पन्न भईसकेकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिने बेला आएको उनको भनाइ छ । अध्यक्ष नेपालले शिक्षाको बिकास विना अरू विकासको सम्भावना नरहेको धारणा राखे ।
कार्यक्रममा ईन्द्रावति गाँउपालिकाका वडा अध्यक्षहरु लगाएत राजनितिक दल, संघसंस्थाका प्रतिनिधी, समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यास्थापन समितिका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस