• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Sun, 07, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा छिटोछरितो सेवाका लागी भौगोलिक क्षेत्र अनुसार इलाका प्रशासन कार्यालय स्थापना गर्न माग सहित ध्यानाकर्षण

सिन्धुपाल्चोकमा छिटोछरितो सेवाका लागी भौगोलिक क्षेत्र अनुसार इलाका प्रशासन कार्यालय स्थापना गर्न माग सहित ध्यानाकर्षण
नयाँपानी खबर
नयाँपानी डेस्क
September 2, 2025 मा प्रकाशित (९ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    १७ भदाै

    काठमाडाैँ ।

    सिन्धुपाल्चोक जिल्ला सेवा सुविधा लिने क्रममा तीन जिल्लाजस्तो कठिनाइ भोगिरहेको भन्दै इलाका प्रशासन कार्यालय थप स्थापना गर्नुपर्ने माग सहित काठमाडौंमा सरोकारवाला मन्त्रीहरूलाई भेटी ज्ञापनपत्र बुझाएका छन् ।

    बागमती प्रदेशकै सबैभन्दा ठूलो भौगोलिक क्षेत्र भएको सिन्धुपाल्चोक जिल्लामा प्रशासनिक सेवाको सहज पहुँच र आवागमन समस्याको समाधानका लागि स्थानीय तह, विभिन्न दलका नेता तथा जनप्रतिनिधिहरूले इलाका प्रशासन कार्यलयको स्थापनाको माग गर्दै पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारमा भेटी ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्रमार्फत जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सेवाहरूलाई छिटोछरितो ढंगले उपलब्ध गराउन मेलम्ची र बाह्रबिसेमा छुट्टाछुट्टै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।

    मेलम्ची इलाका प्रशासन अन्तर्गत हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका र ईन्द्रावती गाउँपालिकाका ४ देखि १२ नम्बर वडाहरू समेटिने प्रस्ताव गरिएको छ । बाह्रबिसे इलाका प्रशासन अन्तर्गत भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, बलेफी गाउँपालिकाको ८ नम्बर वडा र सुनकोशी गाउँपालिकाको ६ र ७ नम्बर वडा रहने माग गरिएको छ ।

    भेटमा पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले नागरिकलाई सामान्य प्रशासनिक सेवा लिन दिनौं पैदल हिँड्नुपर्ने बाध्यता भएको उल्लेख गर्दै तत्काल कार्यालय विस्तार आवश्यक रहेको बताए ।

    त्यस्तै, बागमती प्रदेशका पुर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य सरेश नेपालले संघीयताको मर्मअनुसार जनतालाई नजिकमै सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै गृहमन्त्रालयले यो मागलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे ।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑