
७ कात्तिक, दाङ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप आज बिहान दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ ।
लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहान ६ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
प्रतिक्रिया दिनुहोस