१७ फागुन
चाैतारा, सिन्धुपाल्चोक ।
जुगल बाेर्डिङ हाई स्कुल चाैतारा, सिन्धुपाल्चोकले हरेक वर्ष झैं यस वर्ष पनि विभिन्न बिधामा स्रष्टा, कलाकार र शैक्षिक व्यक्तित्वहरु लाई जुगल सम्मानबाट सम्मानित गरेको छ । यस वर्षको जुगल कला सम्मानबाट सिन्धुपाल्चोकमै जन्मिएर राष्ट्रियरुपमा ख्याति कमाएका कलाकार जितु नेपाल मुन्द्रे, जुगल साहित्य सम्मानबाट साहित्यकार तथा सञ्चारकर्मी डम्बर रसिक भारती र जुगल शिक्षा सम्मानबाट जमुना दंगाल घाेरासैनी सम्मानित भएका छन् । सिन्धु भुमिमा जन्मिएर राष्ट्रियस्तरमा तत् तत् क्षेत्रमा उहाँहरुले दिनुभएको बिशिस्ट याेगदानकाे कदर गर्दै विद्यालयले उहाँहरुलाई सम्मान गरेको विद्यालयका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले जानकारी दिए ।
विद्यालयकाे चाैंतिसाैं वार्षिकोत्सबकाे सन्दर्भमा आज आयाेजित बिशेष समारोहमा विद्यार्थीहरुद्वारा गीतिनाटक, नृत्य, गायन लगायत बिबिध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियोे भने विद्यालयकाे आन्तरिक खेलकुद सप्ताह र अन्तर विद्यालय खेलकुद कार्यक्रमका बिजेता खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । त्यसैगरी वार्षिकोत्सब सप्ताह अन्तर्गत हिजाे चाैतारा साँगाचाेकगढी नगरपालिकाकि उप मेयर सीता थापाको प्रमुख आतिथ्यतामा पुर्व प्राथमिक तहको साँस्कृतिक कार्यक्रम तथा दीक्षान्त समारोह सम्पन्न गरिएको थियोे ।
वार्षिकोत्सब समारोहलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जुगल बाेर्डिङ हाई स्कुलले सिन्धुपाल्चोककाे शिक्षा क्षेत्रमा दिएको याेगदानकाे उच्च प्रशंसा गर्दै आगामी दिनमा विद्यालयकाे बृहत्तर हितको कामना गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष आर. बि. कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन बागमती प्रदेश सचिव ऋषिराम नेपाल, नेपाल पत्रकार महासंघका जिल्ला सभापति जीवन श्रेष्ठ लगायतका बिशिस्ट व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस