
१४ मंसिर २०८०
नवलपुर ।
इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजबाट इन्द्रावती रंगशालामा शुरु भएकाे छ । पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी यस बर्ष श्री ऐसेलुखर्क माध्यमिक विद्यालय, इन्द्रावती – ५ ले पाएकाे थियाे । तीन दिन सम्म सञ्चालन हुने रनिङ सिल्ड प्रतियोगिताकाे उद्घाटन आज इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले एक बिशेष समारोहबीच गरेका थिए ।
महिला भलिबल, पुरुष भलिबल र एथलेटिक्स सहित दर्जन बढी बिधामा प्रतिस्पर्धा हुने रनिङ सिल्ड प्रतियोगितामा सिप्पालेश्वरी मा.वि. सिम्पालकाभ्रे, महेन्द्र मा.वि. कुञ्चाेक, सिंहमति मा.वि. वडा नं ३, नवलपुर मा.वि. नवलपुर, ऐसेलुखर्क मा.वि. ऐेसेलुखर्क, सिपा तिनघरे संस्कृत मा. वि. र कमलादेवी मा.वि. वडा नं ६, राजेश्वरी मा.वि. सिपापाेखरे, जनता मा. वि. वडा नं ९, चण्डेश्वरी मा.वि. भाेटसिपा, सेतीदेवी मा. वि. बाेडगाँउ र भिमेश्वरी मा.वि. भिमटार सहित १२ वटा माध्यमिक विद्यालयहरुकाे सहभागिता रहेको छ ।
इन्द्रावती गाउँपालिका उपाध्यक्ष शाेभना तामाङ वडा नं २ का वडा अध्यक्ष श्यामबहादुर गिरी, वडा न १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरु, विद्यालयका प्रधान अध्यापकहरु, जनप्रतिनिधि तथा खेलप्रेमिहरु समेतको उपस्थिति रहेकाे उद्घाटन सत्रकाे सभापतित्व ऐसेलुखर्क मा. वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिना थापा र सहजीकरण निवर्तमान प्र. अ. कुञ्जरमणी भट्टराईले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस