
काठमाडौँ ।
मिनी पार्लियामेन्टको रूपमा रहेको संसदको १० वटा विषयगत समितिमध्ये (नेकपा –माओवादी केन्द्र) को भागमा २ वटा समितिकाे सभापति परेकाे थियो । जसमा माओवादी केन्द्रले माधव सापकोटा सुबोध र विमला सुवेदीलाई सभापति बनाउने भएको छ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार माओवादी केन्द्रले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समिति पाएको थियो ।
सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटा सुबोध लाई पूर्वाधार विकास समितिको सभापति बनाउने भएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति नुवाकोटकी बिमला सुवेदीलाई बनाउने निर्णय भएको एक नेताले जानकारी दिए ‘माओवादीले पाएको समितिको सभापति टुंगो लागेको छ । यसै विषयमा अन्तिम रूप दिन संसदीय दलको बैठक बस्दैछ । दलले टुंग्याएपछि मनोनय दर्ताका लागि अगाडि बढ्छौं’, ती नेताले भने ।
सभापतिको लागि मनोनयन दर्ताका लागि बहान ११ बजेदेखि दिउँसो ४ बजे समय निर्धारण गरिएको छ
प्रतिक्रिया दिनुहोस