• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Mon, 20, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

युवा र महिलालाई उद्यमी बनाउन तल्लीन आशिष

युवा र महिलालाई उद्यमी बनाउन तल्लीन आशिष
समाचार
रामकृष्ण थापा
July 4, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    असार १९
    नवलपुर
    सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका– १ काभ्रेडाँडाकी सरिता तामाङ बिहान–बेलुकी गलैंचा बुन्न व्यस्त हुन्छिन्। घरमै गलैंचाको तान छ। बिहानै उठेर तानमा बस्छिन्।बच्चालाई विद्यालय पठाएपछि मेलापात गर्छिन्। बेलुका अबेरसम्म पनि गलैंचा बुन्छिन्। यसरी घरको काम धानेर गलैंचा बुन्ने अतिरिक्त कामबाट उनले मासिक १० हजार कमाउँछिन्

    चौतारा छेकाथोककी होमकुमारी तामाङ पनि घरमै गलैंचा बुनेर मासिक १५ हजारसम्म कमाउँछिन्। गलैंचा बुनेर कमाएको पैसाले छोराछोरी पढाउन र नूनतेल गर्न राम्रोसँग पुग्छ। सरिता र होमकुमारीजस्ता १५ महिलालाई जम्मा पारेर सिंपालका ग्याल्पाे तामाङले १५ तान सञ्चालन गरेका छन् । चौतारा बजारमा कोठा भाडामा लिएर ग्याल्पाेले दिएको रोजगारीबाट अहिले गाउँघरका महिलाले अतिरिक्त कमाइ गर्न थालेका छन्।

    याे सामाजिक उद्यमको अभियानकर्ता इन्द्रावती गाउँपालिका– १ छहरेका आशिष लामा हुन्।  ३८ वर्षका आशिषले भूकम्पपछि गाउँगाउँमा गलैंचाको तान पुर्याएर बेरोजगार रहेका दुई सयभन्दा बढी युवा र महिलालाई उद्यमी बनाए। समाजमा रहेका सबै वर्गसँग जोडिएर उद्यम चलाएका लामा आफूले गाउँघरको आर्थिक उत्थान चाहेका बताउँछन्।

    ‘समुदायको हितको लागि गैरनाफामूलक काम गरेको हुँ,’ उनले भने। उनले सोसियोलोजीमा स्नातक गरेका छन्। गरिब किसान परिवारमा जन्मेका आशिषले स्टार रग्स प्रालि नामक कम्पनीमार्फत् गाउँगाउँमा गलैंचाको तान वितरण गरेर युवा र महिलालाई उद्यमी बनाउँदै आएका छन्।

    भूकम्पपछि उनले आठ वर्षको अवधिमा चौतारा साँगाचोकगढी नगरपालिकाको हर्रेमा ३०, कार्कीटारमा १०, खालेमा १७, स्याउलेमा १३, छेकाथोकमा १७, चौतारा बजारमा १३, कुबिण्डेमा ३ र  ईर्खुमा ७ वटा घरमा गलैंचाको तान वितरण गरेका छन्। त्यसैगरी इन्द्रावती गाउँपालिकाको सिंपालकाभ्रेमा २०, नवलपुरमा ८, प्युघरमा १०, बसेरीमा १२, जुगल गाउँपालिकाको याङ्लाकोटमा २०, हेलम्बुको पाल्चोकमा ७, पाँचपोखरी थांपाल गाउँपालिकाको लप्सेमा १०, त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा १०, भक्तपुरमा १३, धादिङ जिल्लामा १५, सुन्दरीजलमा २५  र थलीमा पनि १५ तान सञ्चालनमा छन्।

    अहिले यी क्षेत्रका युवा र महिलाले गलैँचा बुनेर मासिक २० हजारसम्म आम्दानी गर्छन्। अधिकांश तानमा उत्पीडित, महिला र बेरोजगार संलग्न छन्। घरमै तान राखेर गलैंचा बुन्दा खर्च पनि कम निस्कन्छ। धागो, नक्सा र आबश्यक अन्य सामग्री आशिषले गाउँमै पुर्याइदिन्छन्। तयारी कार्पेट चीन निकासी गरिन्छ । उनकै पहलकदमीमा विभिन्न संघसंस्था र स्थानीय सरकारले गलैंचा बुन्ने तालिम पनि दिँदै आएका छन्।

    गलैंचा बेचेर संकलित आम्दानीले गाउँमा नवकन्या आधारभूत विद्यालय स्थापना गरिएको छ । विद्यालय पुग्ने बाटो र सबै फर्निचर आशिषले नै तयार पारेका हुन्। अहिले छहरे गाउँका बालबालिकालाई पढ्न टाढा टाढा पुग्नुपर्ने बाध्यता पनि हटेको छ। उनले आर्थिक विपन्नता र अनाथ १७ बालबालिकालाई सबै खर्च बेहोरेर पढाइरहेका छन्।आशिषले एकीकृत कृषि तथा पशुपालन पनि सुरुवात गरेका छन्। जहाँ ३० जनाले रोजगार पाउँछन्। जिल्लाभर सामाजिक उद्यमी तयार पारेर आत्मनिर्भर बनाउने आफ्नो अभियानमा स्थानीय सरकारहरुले पनि साथ दिएका छन्।उनको प्रयासको सम्मान र प्रोत्साहन स्वरुप जिल्ला लघु उद्यमी संघले सहयोग गरेको छ। रोजगारको लागि मातृभूमि छोडेर विदेशिनुपर्ने नेपालीको  बाध्यता रोक्न यस्ता उद्यमलाई प्रोत्साहन गर्न अत्यावश्यक छ ।
    (नयाँ पत्रिकाकाे अनलाइन संस्करण बाट)

    समाचार बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑