• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • २रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ३ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • ४हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • ५सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी
  • ६भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, शिक्षक महासंघ र एकिकृत अखिल नेपाल शिक्षक संगठन इन्द्रावतीको आपत्ति
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, शिविरमा २८७ जनाले लिए सेवा
  • ८सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूबीच विकासका साझा एजेन्डामा छलफल
logo
आज:  | Mon, 10, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

बलेफीले ल्यायो आगामी आ.ब. काे बजेट, वाग्मती प्रदेशमै पहिलो भएको दाबी

बलेफीले ल्यायो आगामी आ.ब. काे बजेट, वाग्मती प्रदेशमै पहिलो भएको दाबी
मुख्य समाचार
Authorनयाँपानी खबर
June 22, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • Follow us on:

    ७ असार, सिन्धुपाल्चोक ।

    बलेफी गाउँपालिकाले बिहीबार नयाँ आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १३ औं गाउँ सभा मार्फत बजेट पारित गरेसँगै पालिका बागमती प्रदेशमै नीति, कार्यक्रम तथा बजेट ल्याउने पहिलो गाउँपालिका बनेको दावी गरिएको छ ।
    गाउँपालिकाले खाडिचौरस्थित सभाहलमा आयोजना गरेको गाउँ सभामा उपस्थित प्रमुख अतिथी संघीय सांसद माधव सापकोटा सुबोधले पालिकाले समयमै सहमतीमा नीति, कार्यक्रम तथा बजेट ल्याएकोमा खुसी व्यक्त गरे । संघीय संसदमा हुने बजेट निर्माण र छलफलको अभ्यासको जानकारी गराउँदै उनले स्थानीय सरकारको कामको प्रशंसा गरे । उनले नमुना वडा निर्माण, कृषिलाई प्राथमिकता लगायतका विषयले स्थानीय किसानलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
    गाउँ सभाका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष गंगा तामाङले गाउँ सभामा उपस्थित भएर संघीय सांसदले हौसला बढाएकोमा खुसी व्यक्त गरे । गत वर्ष गाउँ कार्यपालिकामा सहमती जुट्न नसक्दा नीति, कार्यक्रम तथा बजेटमा भएको ढिलाईबाट पाठ सिकेका अध्यक्ष तामाङले यस पटक समयमै गाउँ सभाको तयारी गरेका थिए । सोही अनुसार गाउँ कार्यपालिका सदस्यहरुबाट सहयोग भएकोमा उनले धन्यवाद दिए ।
    गाउँपालिका उपाध्यक्ष सरु तामाङले आगामी बर्षका लागि समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको बताइन् । गत बर्ष बजेट ल्याउन भएको ढिलाइका कारण लिजामा कम अंक आएपछि समयमै कार्यक्रम गर्न पालिकाको सिंगो टिमले तयारी गरेको थियो । गाउँ सभामा प्रतिवद्धता जनाउन उपस्थित आठ वटै वडाका वडा अध्यक्षले पहिलो वर्षको सिकाइबाट समयमै बजेट ल्याउन लागि परेको बताए । लिजामा कम अंक आएपछि समयमै लागेको वडा नं १ का अध्यक्ष हुप बहादुर खड्काले बताए । समयमै काम गर्न अग्रसर बनेका वडा नं. २ का छविलाल न्यौपानेले सहमतीमा जोड दिए । वडा नं ४ का अध्यक्ष सुर्य तामाङले कृषि क्षेत्रमा बजेटले ध्यान दिनु पर्नेमा जोड दिए । वडा नं ६ का अध्यक्ष तेज बहादुर पराजुलीले समयमै पालिकाले काम गर्न पाएकोमा खुसी व्यक्त गरे । वडा नं ८ का अध्यक्ष रमेश कुमार श्रेष्ठले आफ्नै भेषभुषामा उपस्थित भएर स्थानीय सरकारको महत्व झल्काएका थिए ।
    गत महिना प्रमुख प्रशासकीय अधिकृतको भूमिका सम्हालेका सल बहादुर पाण्डेले गरेको समन्वयात्मक कामले समयमै नीति कार्यक्रम र बजेट ल्याउन सफल भएको भन्दै उनको प्रशंसा समेत भएको छ । बलेफी गाउँ पालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४७ करोड ६ लाखको बजेट प्रस्तुत गरेको छ ।


    नयाँ नीति, कार्यक्रम तथा बजेट अनुसार अब पालिका भित्रका किसानले प्रतिलिटर दुधमा पाँच रुपैँया अनुदान पाउने छन् । यसै गरी आफ्नो जमिनमा खेति गर्न नसक्ने अवस्था आएको जानकारी गराउने किसानको खेत बारीमा खेती लगाउन पालिकाले सहजीकरण गर्ने भएको छ । सामुदायिक विद्यालयमा आपतकालिन शिक्षकको व्यवस्था गर्ने, सुत्केरी भेटघाट कार्यक्रम पालिकाले सुरु गरेका नयाँ कार्यक्रम रहेका छन् ।

    मुख्य समाचार बाट थप

  • मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • रास्वपा इन्द्रावती २ मा भिम भारती रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    समाचार
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑