११ बैशाख २०८०
तनहुँ क्षेत्र नं १ काे प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । साेमबार बिहान ५ बजेसम्मकाे मतगणनामा गठबन्धनका गाेबिन्द भट्टराई र एमालेका सर्बेन्द्र खनाल दुबैकाे कुल मत भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले बढी मत प्राप्त गरेका छन् । प्राप्त मत परिणाम अनुसार घण्टी चुनाव चिन्हका स्वर्णिम वाग्लेले ३ हजार ४ सय २२, गठबन्धनबाट रुख चिन्हका गाेबिन्द भट्टराईले १ हजार ५ सय ९७ र एमालेबाट सुर्य चिन्हका सर्बेन्द्र खनालले १ हजार ९० मत प्राप्त गरेका छन् ।
तनहुँमा आइतबार सम्पन्न भएको उप निर्वाचनमा १ लाख २३ हजार ३ सय ५ मतदाता मध्ये ६३ हजार ७ सय ५७ मतदाताले मतदान गरेका थिए । गत मंसिर ४ गते सम्पन्न आम चुनावमा साे क्षेत्रमा नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पाैडेल राष्ट्रपति भएपछि त्यहाँ हिजो आइतबार उप निर्वाचन भएको थियोे ।
प्रतिक्रिया दिनुहोस