• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

प्रेस सेन्टर सिन्धुपाल्चोकमा शिरिषकाे नेतृत्व

प्रेस सेन्टर सिन्धुपाल्चोकमा शिरिषकाे नेतृत्व
मुख्य समाचार
Authorनयाँपानी खबर
March 10, 2023 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    २६ फागुन

    चौतारा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको छैठौं अधिवेशन शुक्रबार चौतारामा सम्पन्न भएको छ ।
    अधिवेशनबाट सुन्दर शिरीषको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा निर्मल बस्नेत, सम्झना कार्की, सचिवमा अर्जुन शर्मा, सहसचिवमा सुमित्रा श्रेष्ठ, कोषाध्यक्षमा दीलमाया श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक रत्न श्रेष्ठले जानकारी दिए । सदस्यमा राजेन्द्र रानामगर, सुप्रिन्स कसजू, मोनिका विक, निर्मल माझी निर्वाचित भए । पहिलो बैठकले १ सदस्य थप गर्ने गरी ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको श्रेष्ठले जानकारी दिए । निर्वाचित समितिलाई प्रेस सेन्टर नेपालको वाग्मती प्रदेश अध्यक्ष यदुनाथ गौतमले सपथ ग्रहण गराएका थिए ।


    नवनिर्वाचित अध्यक्ष शिरीषले प्रेस सेन्टर नेपालको गौरवमय विराशतलाई नयाँ टीमले अझ उचाईमा पु¥याउने बताए । ‘हामीमा ठूलो जिम्मेवारी आएको हामीले ठानेका छौं, यो जिम्मेवारीलाई हामी पूरा गर्न सक्षम रहनेछौं भन्ने विश्वास व्यक्त गर्दछु’, उनले भने– ‘पत्रकारको हक हित, सांगठानिक विकास, जनपक्षिय पत्रकारिताको विकासमा हामी दृढ रहनेछौं ।’ मूख्यगरी सञ्चारकर्मीको पेशागत हकहित, स्थानीय सरकार, पत्रकारका संघसंगठनसँग सहकार्य गरेर पेशगत विकासमा जोड दिने उनले बताए ।
    अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का पोलिट्व्यूरो सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अबको पत्रकारिता समृद्धि र विकासको पक्षमा रहनुपर्ने धारणा व्यक्त गरे । ‘पत्रकारिताले सामान्य जनजीवन व्यतित गरिरहेका व्यक्ति, समुदायको आर्थिकउन्नती गर्ने कोणबाट गरिनु पर्दछ’, उनले भने– ‘पत्रकारिताले राजनीति, जनजीविका, समाजमा परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर भएर लाग्नु पर्दछ ।’ जनपक्षिय पत्रकारिताको विरासतलाई प्रेस सेन्टर नेपालले कायम राख्नुपर्नेमा जोड दिँदै सापकोटाले नगरपालिका र पार्टीको तर्फबाट संगठनको संस्थागत विकासमा सदैव सहयोग गर्न तयार रहेको बताए ।


    अधिवेशनलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले अब पत्रकारहरुले समृद्धि र समाज विकासको लागि के कस्तो भूमिका निभायौं भन्ने कुरामा गम्भीर हुनुपर्नेमा जोड दिए । कृष्ण सेन इच्छुकले देखाएको पत्रकारिताको बाटोलाई जनपक्षिय पत्रकारले अंगिकार गर्नुपर्ने धारणा राख्दै उनले त्यसको लागि केन्द्रले विशेष योजना ल्याउने बताए । ‘हामीले सुरुवाति कालखण्डमा बन्दूक र कलम सँगसँगै बोकेर पत्रकारिता ग¥यौं’, उनले भने– ‘अहिले सञ्चारको विकास र सामाजिक, राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्दै रचनात्मक तवरले जनपक्षिय पत्रकारिता गर्न जरुरी छ ।’ नयाँ बनेको कार्यसमितिले सिन्धुपाल्चोकको जनपक्षिय पत्रकारिताको उचाईलाई अझ अग्ल्याउने विश्वास व्यक्त गर्दै सापकोटाले त्यसको लागि केन्द्रले गर्नुपर्ने साथ सहयोगप्रति सदैव तत्पर रहेको बताए ।
    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवम् प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले पत्रकारिता किन गर्ने भन्ने कुरामा पत्रकार स्पष्ट हुनुपर्ने धारणा व्यक्त गरे । ‘हामीले किन र कस्को लागि पत्रकारिता गरिरहेका छौं ? यो कुरामा जनपिक्षय पत्रकार स्पष्ट हुनुपर्दछ’, पौडेलले भने– ‘दृष्टिकोण प्रष्ट भए मात्र लक्ष्यमा पुग्न सकिन्छ ।’ पत्रकारिता क्षेत्रको विकास र पत्रकारहरुको प्रवद्र्धनमा आफू सदैव तयार रहेको बताउँदै उनले नवनिर्वाचित टीमले जिल्लाको पत्रकारितालाई अझै सशक्त बनाउने विश्वास व्यक्त गरे ।
    नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सचिवालय सदस्य प्रेमप्रसाद सापकोटा ‘राजेन्द्र’, प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, उपाध्यक्ष निर्मल ज्ञावली, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष एवम् प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जीवन श्रेष्ठ, केन्द्रिय परिषद् सदस्य ज्ञानेन्द्रप्रसाद तिमल्सिना, प्रेस युनियन सिन्धुपाल्चोकका निरोज चौलागाई, आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव दीपेन्द्र घलेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
    कार्यक्रमकै बीच प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जीवन श्रेष्ठलाई सम्मान गरिएको थियो । बन्दसत्रमा अधिवेशन आयोजक समिति संयोजक सुन्दर शिरीषले प्रस्तुत गरेको सांगठानिक एवम् आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । कार्यक्रममा प्रमुख अतिथि, अतिथि, जग्गादाता नरमान श्रेष्ठलाई मायाको चिनो प्रदान गरी आभार व्यक्त गरिएको थियो ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑