
सिन्धुपाल्चोक जिल्ला मेलम्ची न पा ११ स्थित जिल्लाकै प्रतिष्ठित संस्थागत विद्यालय प्रगति अंग्रेजी मा. वि. ले हरेक वर्ष प्रदान गर्दै आएको प्रगति सम्मानबाट यस वर्ष सिन्धुपाल्चोकका तीनजना युवा प्रतिभाहरु सम्मानित हुने भएका छन् । सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई याेगदान गर्ने विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि निरन्तर सम्मान प्रदान गर्दै आएको साे विद्यालयले आफ्नो विद्यालयकाे ३१औं वार्षिकोत्सव समारोहकाे अवसरमा यहि फाल्गुन २७ गते साे सम्मान प्रदान गर्न लागेको हाे ।
प्रगति सम्मान कार्यक्रमका संयाेजक डम्बर रसिक भारतीका अनुसार यस वर्षको प्रगति पत्रकारिता सम्मान पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा, साहित्यतर्फ युवा साहित्यकार किशमा किशोर बुढाथोकी र संगिततर्फ लाेकगायक पदम दुलाल सम्मानित हुने भएका छन्
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता र उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यतामा २७ गते विहान १०:०० बजे देखि विद्यालय प्राङ्गणमा संचालन हुने वार्षिकोत्सव समारोहमा विद्यार्थीहररुको प्रतिभा प्रदर्शनी, प्रगति सम्मान कार्यक्रम, एस.ई.ई. सम्मान, पुर्व प्रा वि दीक्षान्त कार्यक्रम, पुरस्कार वितरण लगायतका विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हुने विद्यालयका प्रिन्सिपल ऋषिराम नेपालले बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठले विद्यालयको पुनर्निर्माण र बहुपक्षीय स्तरीकरणको समयमा हुदै गरेको वार्षिकोत्सवले सिन्धुपाल्चोकको शिक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै विद्यालयलकाे वार्षिकोत्सब समारोहमा सहभागी हुन सम्पुर्ण अभिभावक, शिक्षाप्रेमी र आम मेलम्चीवासीमा सादर आमन्त्रण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस