• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • २सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • ३सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • ४सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • ५सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • ६इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • ७दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • ८इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
logo
आज:  | Tue, 10, Mar, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

शैक्षिक सुधार मार्फत समृद्धि – प्रधानमन्त्री प्रचण्ड

शैक्षिक सुधार मार्फत समृद्धि – प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार
Authorनयाँपानी खबर
February 3, 2023 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    २० माघ, सिन्धुपाल्चोक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ।
    शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।
    कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ। म नेपाल सरकार एवं मेरो तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।”                 
    प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ। भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु।”
    “सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ। दुख र सुखीमा म तपाईहरूको साथसाथै छु” प्रधानमन्त्रीले भन्नुभयो, “जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनास लगायतका सबै पीडामा म तपाईहरूसँग सँगै छु। म तपाईहरूसँग ऐक्यवद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ। आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईहरूकै साथमा हुनेछ।”
    “नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या छ। मैले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु। मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु” प्रधानमन्त्रीले भन्नुभयो, “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबिच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ।”
    प्रधानमन्त्रीले भन्नुभयो, “प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखियो। प्रतिनिधिसभाबाट मलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भयो। त्यो मेरा लागि निकै ठूलो जिम्मेवारी र चुनौती पनि हो। विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन। आम जनसमुदाय र छिमेकीहरूको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौं। नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ।””                         
    “शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ। समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो” प्रधानमन्त्रीले भन्नुभयो, “शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ। शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ। तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो।”
    “भौतिक पूर्वाधार महत्वपूर्ण कुरा हो नै। तर, मुख्य कुरा गुणस्तर हो। गुणस्तरका निम्ति शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी हुन्छ। त्यसका लागि म तपाईहरू सबैमा विशेष अपील गर्दछु” प्रधानमन्त्रीले भन्नुभयो।
    कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग लगायतले सम्वोधन गर्नुभएको थियो।

    मुख्य समाचार बाट थप

  • फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    समाचार
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑