• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

गठबन्धनलाई कसिलो बनाउँदै सुनकोसी

गठबन्धनलाई कसिलो बनाउँदै  सुनकोसी
मुख्य समाचार
Authorनयाँपानी खबर
November 7, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • Follow us on:

    सुनकोसी २१ कार्तिक,
    मतदाता भेटघाट, घरदैलो र कोण सभा गरेर तीन दिन सुनकोसीका मतदाताको घर आँगनमा बिताएका लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवाले सकारात्म उर्जा प्राप्त भएको बताएका छन् ।
    प्रतिनिधि सभा सदस्यका लागि साझा उम्मेदवार माधव सापकोटा सुबोध र क्षेत्र नं १ को २ का प्रदेश सभा सदस्य उम्मेदवार सरल सहयात्री पौडेल शनिवार विहानै सुनकोसीका गाउँ बस्तिमा पुगेका थिए ।
    नेपाली कांग्रेसको बाक्लो उपस्थिति रहेको सुनकोसीमा गत स्थानीय निर्वाचनमा एमाले र माओवादीबिच सहकार्य भएको थियो । प्रतिनिधि सभाका अर्का उम्मेदवार सरेश नेपालको गृह गाउँ एवं प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ माओवादीको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडामा मात्रै मतदान गर्नु पर्ने विषयलाई सुनकोसीले कसरी लिन्छ भन्ने प्रश्न यदा कदा सुनिने गरेको थियो ।
    तीन दिने सुनकोसी घरदैलोका क्रममा सुनकोसीले साझा उम्मेदवारलाई गरेको स्वागत, सत्कार एवं दिएको शुभकामनाले सुनकोसीप्रतिको बाहिरी हल्ला र अन्तर कुन्तरका जिज्ञासालाई चिरिदिएको छ । सबै गाउँ बस्तिमा भएका घरदैलो, उम्मेदवार परिचय, भेटघाट एवं कोण सभामाहरु नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताका अगुवाईमा सम्पन्न भएको देखियो । धान र कोदो थन्क्याउने मारामारमा समेत नेता कार्यकता मात्रै नभएर सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
    ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी, थुम्पाखर र पांग्रेटार गरी सात वडा रहेको सुनकोसीका सबै बस्तिमा मतदाताले गठबन्धनका उम्मेदवारलाई उत्तिकै स्नेन, सम्मान व्यक्त गरे, जितका लागि शुभकामना व्यक्त दिए । सोमबारसम्म आइपुग्दा उम्देवारहरुलाई, खादा, फुलमालाको स्वागतको दृश्यले सुनकोसीले उम्मेदवारहरुलाई अनुमोदन गरेको देखिन्थ्यो ।       
    तीन दिनसम्म अधिकांस मतदाताले भनिरेको विषय थियो, ‘हामी जिताउँछौं, जितको चिन्ता नगरि आगामी योजनामा लाग्नुस, हामीलाई नविर्सनुस्, अधुरा काम पुरा गर्न पहल गर्नुस्’ । शनिवार, सुबोध र सरलले मतदातालाई जनताकै बीचमा रहेर काम गर्ने, अधुरा काम पूरा गर्ने लगायतका आफ्ना प्रतिवद्धता व्यक्त गरे । आइतबार भने क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्का भण्डारी, माओवादीको तर्फबाट समानुपातिक तर्फ प्रदेश सभा उम्मेदवार अमृता नेपाल प्रभा पनि सुनकोसी उम्मेदवार परिचय, भेटघाट एवं कोण सभामाहरुमा सहभागी भए ।
    सुनकोसीमा गठबन्धनलाई जनताले देखाएको आत्मियताको साक्षी बन्न ठूलो संख्यामा जिल्ला र काठमाडौंबाट सञ्चारकर्मी सुनकोसी पुगेका थिए । सञ्चारकर्मीको जिज्ञासामा उम्मेदवारहरुले सुनकोसीले आफूहरुलाई सकारात्मक उर्जा दिएको जवाफ दिए । सोमबार भएका मतदाता भेटघाट एवं घरदैलोमा स्थानीयले अपार मायाँ र स्नेह देखाए । उम्मेदवारलाई सबैभन्दा धेरै फुलका माला एमालेबाट उम्मेदवार बनेका सरेस नेपालको गृहगाउँ वरपर भएको थियो ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑