• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

युवा जाेशका उम्मेदवारहरुलाई अझ जाेश भर्दै भाेटेकाेशी वासी

युवा जाेशका उम्मेदवारहरुलाई अझ जाेश भर्दै भाेटेकाेशी वासी
मुख्य समाचार
Authorनयाँपानी खबर
November 3, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    तातोपानी, १७ कार्तिक

    चीनसँग सिमाना जोडिएको भोटकोसी गाउँपालिकाका मतदाताले लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई सत्कार गरेर जिताउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नंं १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी अभियानको सुरुआत गर्न भोटेकोसी गाउँपालिका रोजे । संघीय संसद, प्रतिनिधि सभा सदस्यका लागि साझा उम्मेदवार माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्का भण्डारीले २०७२ सालको भूकम्प र कोरोना करहले प्रभावित बनेको चीनसँगको उत्तरी नाका तातोपानी क्षेत्रबाट चुनावी अभियान सुरु गर्दा मतदाताले जिताउने प्रतिवद्धता गरेर उर्जा थपिदिएका हुन् ।मंगलबार र बुधवार भोटेकोसीका जनताको गुनासो र समस्या सुन्न पुगेका त्यहाँका स्थानीयहरु उल्लासका साथ बजारमा निस्किएर भव्य स्वागत गरे ।
    गाँउमा उम्मेदवार आउने खबर पाएपछि फुलमाला र खादाले स्वागत गर्न निस्किएका मतदाताको उत्साहले उम्मेदवार द्धय सापकोटा र खड्काले आफूहरु उत्साहित बनेको सुनाए । आफ्ना गाँउमा उम्मेदवार आएपछि खादा माला लगाइदिएर आफ्ना समस्या र गुनासो सुनाए । स्थानीयले मुख्यतः तातोपानी नाकाको सुचारु गरेर आफ्नो रोजिरोटी जोगाइदिन आग्रह गरेका थिए ।                                                   
    मतदाता आफ्नो गुनासो सुनाउदै गर्दा निरास भने थिएनन् । उनिहरुलाई गठबन्धनका तर्फबाट उम्मेदवार बनेका युवा नेता सुबोलाईलाई आफूहरुले विश्वास गरेको सुनाए । सुबोध उम्मेदवार बनेपछि विश्वास र भरोसा छ, स्थानीयको भनाई थियो ।
    स्थानीयका कुरा सुनेपछि साझा उम्मेदवार सुबोधले आफू पहिले पनि सधँै जनताको साथमा रहेको र भोलि पनि जनताकै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।
    ‘मेरो पहुचले हुने कामहरु मैले सहज रुपमा नै गर्नेछु र मेरो पहुचले नपुग्ने भोटेकोसीका समस्याहरु समस्या समाधान गर्न देशका शीर्ष नेता प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीय माझ निम्त्याउनेछु छलफल गर्नेछु’ उनले भने खुलस्त कुरा राखे । ‘दुई शीर्ष नेतालाई ल्याएर भोटेकोसी र बाह्रबिसे क्षेत्रको बाढीपहिरो, तातोपानी नाकाको अवस्था र पर्यटन प्रवद्र्धन सम्बन्धि छलफल गर्छु,’ उनले थपे । ‘राज्यको ध्यान खिच्न चुनाबपछिको पाँच वर्षमा पाँच मिनेट पनि खेर फाल्दिन ।’ उनले प्रतिवद्धता व्यक्त गरे । नेता सापकोटाको भनाइमा स्थानीयले बरर तालि पिटे । भोटेकोसीको समग्र विकासका लागि योजना सहित उम्मेद्वारहरु घरदैलो आइपुग्दा स्थानीयहरु हर्षित भएका हुन् । नयाँ जोश र जाँगर बोकेका युवा उम्मेदवार र महिलाहरुको प्रतिनिधित्व गर्ने उम्मेदवार पाएकोमा उनिहरु निकै खुसि देखिए, त्यो खुसी व्यक्ति गरे । मंसिर ४ मा खुसीलाई मतका रुपमा मतपेटिकामा खसाल्ने पटक पटक दोहोर्याए ।
    गाँउपालकाको वडा नं. २ कोदारीबाट सुरु भएर तातोपानी बजार, लार्चा, नाराणथान, हिन्दी, घिप्चे, साबुखानी, लिस्ति, चाकु बजार, मार्मिङ र नयाँपुलमा भएको कार्यक्रममा उस्तै उत्साह र उमंग थियो । ‘भोटेकोसीको भविश्य बनेर आएका युवा नेताहरुको स्वागत गर्न पाउदा निकै खुसि मिलेको छ, पक्कै हाम्रो गाँउले मुहार फेर्ने छ ।’ घिप्चेका स्थानीय साङगे शेर्पाले खुसी व्यक्त गरे । कार्यक्रममा सँगसँगै रहेका गठबन्धन दलका नेताहरु पनि उम्मेदवार सापकोटाले गरेका प्रतिवद्धताको साक्षी बस्दै कुनै बस्दै गठबन्धनमा उम्मेद्वारलाई जिताउन आव्हान गरिरहेका थिए । उम्मेदवार सँगै गाँउगाँउमा पुगेका नेपाली कांग्रेस वागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले नेता मोहन बस्नेतले गठबन्धनका उम्मेदवार जिताउन दिएको निर्देशन पालना गर्दै पुरै कांग्रेस पंक्ति गाउँ बस्तिमा खटेको बताए । उनले सबै कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार जिताएरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।
    कांग्रेसका क्षेत्रीय सभापति एवं बाह्रविसेका मेयर बालकृष्ण बस्नेतले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मोहन बस्नेतले १ नंबरमा सुबोधलाई जिताउन सँगै हिड्न निर्देशन दिएको बताए । सुबोधलाई पनि मलाई नै सम्झेर भोट हाल्नुस र जिताउनुस भन्ने खबर आदरणीय नेता मोहन बस्नेतले भन्नुभएको छ, उनले भने । यस्तै नेपाली कांग्रेस जिल्ला उपाध्यक्ष तथा भोटेकोशीमा परिचित युवा नेता नेता दोर्जे लामाले आफूलाई सम्झेर सुबोधलाई जिताउन आग्रह गरे । उनले भने ‘सुबोधले जिते मात्रै भोटेकोसीको समग्र विकास सम्भव छ ।’
    गाँउको विकासका लागि सहयोग गर्ने सबै एकै टिममा गोलबद्ध भएर गाँउमा पस्दा मतदाताहरुमा कुनै ठुलै पर्व आएको आभास गरिरहेका थिए । स्थानीयले स्वागत मात्रै गरेनन आफ्नोे गुनासोहरु समेत निर्धक्क भएर सुनाए । मतदाताले सुनाएका गुनासोहरु सुनेपछि उम्मेदवार सुवोधले भने, ‘झुटो आश्वासन दिन्न, काम गरेर देखाउँछु ।’ जित पछि पनि जनताकै बीचमा बसेर योजनाका खाका बनाउने बाचा गरिरहेका उनले अहिले र जित पछि पनि उस्तै व्यवहार गर्ने प्रतिवद्धता जनाए ।             
    कार्यक्रममा गठबन्धन पार्टीमा आवद्ध नेता तथा कार्यबर्ता मात्रै उपस्थित थिएनन्, सो क्षेत्रका सामाजिक व्यक्तिहरुको समेतको उपस्थिति रहेको थियो । लामो समयदेखि व्यापार व्यवसायमा रहेर देशभर चिनिएका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुर श्रेष्ठ, कमलकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष दोर्जे लामा, ट्रक कन्टेनर संघका अध्यक्ष अर्जुनबहादुर सापकोटा, पूर्वअध्यक्ष राजकुमार पौडेल, समाजसेवी शम्भु शेर्पालगायत व्यक्तिले गठबन्धनलाई समर्थन गर्दै चुनावमा साथ दिने भन्दै घरदैलोमा पुगेका थिए ।
    प्रतिनिधि सभाका लागि उम्मेदवार सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्का भण्डारीले स्थानीको कुरा सुनेपछि आफूहरु साथसाथै रहने र स्थानीयको सुख दुखमा साथ दिने प्रतिवद्धता व्यक्त गरे । स्थानीय चुनावमा कांग्रेसले जितेको भोटेकोसीमा कांग्रेस र माओवादी मिल्दा विपक्षी निकै पछाडी देखिएको छ ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑