• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • २फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • ३सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • ४सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • ५सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • ६सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • ७इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • ८दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
logo
आज:  | Fri, 13, Mar, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इमानदारीसाथ गठबन्धनका उम्मेदवार जिताउन माेहन बस्नेतकाे अपिल

इमानदारीसाथ गठबन्धनका उम्मेदवार जिताउन माेहन बस्नेतकाे अपिल
मुख्य समाचार
Authorनयाँपानी खबर
October 31, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • Follow us on:

    बाह्रबिसे १४ कार्तिक
    नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार मोहन बहादुर बस्नेतले कुनै अफ्ठेरो नमानी गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आह्वान गरेका छन् ।
    लोकतान्त्रिक वाम गठबन्धन सिन्धुपाल्चोक क्षेत्र न. १ प्रदेश सभा ‘क’ स्तरिय अगुवा कार्यकर्ता भेलालाई आज बाह्रबिसेमा सम्बोधन गर्दै नेता बस्नेतले गठबन्धनको केन्द्रिय नीतिबाट आफू २ नम्बर क्षेत्रमा उम्मेदवार बनेको स्पष्ट गर्दै जिल्लाभर सबै उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई अपिल गरे ।
    “म यहाँ आउँदा साथीहरुलाई निराश देखे , अब निराश हुनु पर्दैन, म २ नम्बरबाट सानदार मतले जित्छु, यहाँ माओवादीका उम्मेदवार जिताउनुहोस”                                             
    उनले भने । पार्टीले आफ्नो क्षमता देखेरै २ नम्बरको उम्मेदवार बनाएको बताउदै इमानदार भएर साझा उम्मेदवार जिताउन आग्रह गरे ।  गठबन्धनले एकतावद्द भएर सहयोग गर्छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
    क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवम् माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटा सुबोधले इमानदार भएर गठबन्धनका सबै साझा उम्मेदवार जिताउन अपिल गरे । उनले नेता मोहन बस्नेतको नेतृत्वमा विकास र समृद्धिका काम अघि बढाउने प्रतिवद्द्ता व्यक्त गरे । क्षेत्र नम्बर १ मा माओवादीलाई आएको मत क्षेत्र नम्बर २ मा काङ्ग्रेसको चिन्हमा परिणत हुने चर्चा गर्दै गठबन्धनको राष्ट्रिय आवश्यकता बारे स्पष्ट गरे । जितपछी साझा प्रतिनिधिका रुपमा काम गर्ने उनको भनाइ थियो ।
    एकीकृत समाजवादीका केन्द्रिय सदस्य सुवास कर्माचार्यले बिना हिचकिचाहट क्षेत्र नम्बर १ मा माधव सापकोटा सुबोध र क्षेत्र नम्बर २ मा मोहन बहादुर बस्नेतलाई एवम् प्रदेश सभामा साझा उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरे । उनले मङ्सिर ४ सम्म पार्टीको नभएर गठबन्धनको कुरा गर्न आग्रह गरे ।
    सिन्धुपाल्चोक १ को प्रदेश ख का उम्मेदवार सरल सहयात्री पौडेलले नेता मोहन बहादुर बस्नेतको नेतृत्वमा सिन्धुपाल्चोकको विकास गरेर
    सिन्धुपाल्चोकलाई बदल्ने दृढता व्यक्त गरे । प्रतिगमनकारी सोचलाई परास्त गर्न क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ साझा उम्मेदवार माधव सापकोटा सुबोधलाई गोलाकार भित्रको हसिया हतौडामा मतदान गर्न र प्रदेश सभा क मा मसिना खड्का भणडारीलाई मतदान गर्न उनको आग्रह थियो ।
    एकीकृत समाजवादी केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेदवार भगवती नेपालले गठबन्धनका साझा उम्मेदवारलाई मत माग्दै गाउँ बस्ती जान र मतदान गर्न आग्रह गरिन।
    क्षेत्र नम्बर १ प्रदेश सभा क का उम्मेदवार मसिना खड्का भण्डारीले  कुनै इगो नराखी साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन ।
    माओवादीका समानुपातिक उम्मेदवार लालकान्छा तामाङले गठबन्धनका साझा उम्मेदवारलाई मत हाल्ने प्रतिवद्द्ता व्यक्त गर्दै सोही अनुसार गर्न अपिल गरे ।
    काङ्ग्रेसका बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले गठबन्धन जनताले चाहेको राष्ट्रिय आवश्यकता रहेको चर्चा गरे ।
    बाह्रबिसे नगरपालिकाका प्रमुख एवम् काङ्ग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले अलमलमा नपरी साझा उम्मेदवारलाई मतदान गर्न नेता कार्यकर्तालाई अपिल गरे । एमाले लाखापाखा लागिसकेको र गठबन्धनको जित सुनिश्चित भएको उनको टिप्पणी थियो ।
    काङ्ग्रेसका नेता भरत बोहराले यो सम्विधान रहेसम्मा गठबन्धन रहने बताउदै दुविधामा नपरी माओवादीलाई मतदान गर्न नेता कार्यकर्तालाई विशेष अपिल गरे ।
    काङ्ग्रेस नेता डा प्रेमध्वज लामाले ब्यवस्था र सम्विधान जोगाउन गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
    माओवादी जिल्ला संयोजक गोबिन्द पराजुलीले सम्पूर्ण नेता कार्यकर्तालाई ईमानदार भएर साझा उम्मेदवारलाई भोट हाल्न अनुरोध गरे।
    काङ्ग्रेस नेता केदार क्षेत्रीले गठबन्धन दलका नेता कार्यकर्तालाई साझा उम्मेदवारलाई भोट हाल्न कुनै अप्ठेराे नभएको बताए । उनले गठबन्धनलाई हालेको भाेटकाे श्रेय मोहन बस्नेतलाई जाने भनाइ राखे ।
    काङ्ग्रेस जिल्ला सभापति जङ्ग बहादुर लामाले चुनाव नजिक आइसकेकोले गाउँ फर्केर साझा उम्मेदवार जिताउने काममा लाग्न अपिल गरे ।

    मुख्य समाचार बाट थप

  • सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो

    सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    समाचार
    सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो

    सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑