• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • २शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • ३एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • ४चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • ५विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण
  • ६‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ
  • ७नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन
  • ८सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए
logo
आज:  | Mon, 08, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जय नेपाल र लाल सलामकाे अभिवादनले गुञ्जायमान प्रज्ञा भवन

जय नेपाल र लाल सलामकाे अभिवादनले गुञ्जायमान प्रज्ञा भवन
मुख्य समाचार
Authorनयाँपानी खबर
October 30, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • Follow us on:

    काठमाडौं, १३ कार्तिक
    प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, वक्ता हुन वा कार्यक्रम सञ्चालक, सबैले नछुटाइ र दोहोर्याएर गर्ने सम्बोधन, अभिवादन, जय नेपाल र लाल सलाम ।
    दर्शकदीर्घामा खचाखच बसेका नेता कार्यकर्ताहरुको पनि त्यहि माग र त्यहि भावभंगिमा अभिवादन, जय नेपाल र लाल सलाम फर्काएपछि हरेक वक्ताले सम्बोधन सुरु गर्दा र अन्त्य गर्दा हल गुन्जायमान बन्थ्यो । वक्ता र स्रोताको लय देखेर बाक्लो संख्यामा उपस्थित सञ्चारकर्मी समेत चकित थिए ।
    कमै सुन्न पाइने यस्तो सम्बोधन आइतबार प्रज्ञा भवन कमलादीमा सिन्धुपाल्चोक सम्पर्क समन्वय समिति÷मञ्चको संयुक्त भेलामा भएको थियो । भेलामा सहभागीहरुबीच अभिवादन, जय नेपाल र लाल सलामको संयुक्त सम्बोधन गुन्जिएको हो ।
    सिन्धुपाल्चोकबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दाखिला गरेका साझा उम्मेदवार र विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका सिलसिलामा काठमाडौंमा रहेका मतदाताबीच परिचयका लागि भेला डाकिएको थियो ।
    भेलामा प्रज्ञा भवनको हल भरिभराउ मात्रै भएन ठूलो संख्यामा नेता कार्यकर्ता नअटाएपछि बाहिरै परे । मध्यान्ह कार्यक्रम सुरु गर्दै सञ्चालकले उपस्थित सबैलाई अभिवादन, जय नेपाल र लाल सलाम भनेर सम्बोधन गरे । हलले सोही सम्बोधन फर्कायो ।
    प्रमुख अतिथि, सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बस्नेतले जय नेपाल, अभिवादन भनेर सम्बोधन गरे । गठबन्धनमा संका नगर्न नेता कार्यकर्तालाई आग्रह गर्दै, गाउँ बस्तिमा पुगेर साझा उम्मेदवारहरुलाई ठूलो मतान्तरले जिताउनु पर्ने धारणा राखे । केपी ओली जस्ता अधिनायकवादी र भ्रष्टाचारीहरुले टाउको उठाउन नपाउन भन्नका लागि पनि गठबन्धन जित्नु पर्ने बताएका उनले सम्बोधनको अत्यमा पनि जय नेपाल र अभिवादनको सम्बोधन गरे ।
    विशेष अतिथि, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवार एवं माओवादी पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधको सम्बोधन अभिवादन, जय नेपाल र लाल सलाम थियो । क्षेत्र नं २ मा माओवादी र समाजवादीका नेता कार्यकर्ताले रुखको झण्डा बोकेर जति धेरै सक्रियता देखाउँछन, क्षेत्र नं १ मा कांग्रेस कार्यकर्ताले त्यस्तै सक्रियता देखाउनेछन भन्दै उनले गठबन्धनमा इमान्दार भएर लाग्न नेता कार्यकर्तालाई अपिल गरे । जित पछि पाँच बर्षसम्म साझा प्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जित लगत्तै विज्ञ विशेषज्ञहरुसँग बसेर योजनावद्ध विकासका लागि खाका तयार गरी मोहन बस्नेतकै नेतृत्वमा अघि बढ्ने धारणा राखेका नेता सुबोधले अभिवादन, जय नेपाल र लाल सलामको सम्बोधनबाटै मन्तव्य पुरा गरे ।
    क्षेत्र नं २ को क बाट प्रदेश सभाका उम्मेदवार एवं माओवादी पोलिटव्युरो सदस्य युवराज दुलाल सरदको पनि सुरु र अन्यमा गर्ने सम्बोधन अभिवादन, जय नेपाल र लाल सलाम नै थियो । मोहन बस्नेतलाई डाइनामिक र एक्सन ओरिएन्टेड नेता भनेका उनले आफू टेष्टेड जनप्रतिनि भएको धारणा राखे ।                 
    क्षेत्र नं १ को प्रदेश सभा ख का उम्मेदवार एवं माओवादीका बागमती प्रदेशका निर्वाचित अध्यक्ष सरल सहयात्री पौडेलले अभिवादन, जय नेपाल र लाल सलाम भन्दा पनि हल उसैगरि गुन्जियो जसरी मोहन बस्नेत, सुबोध, युवराज दुलाल र अन्य वक्ताको सम्बोधनले गुन्जिएको थियो । सबै दलको साझा प्रतिनिधि भएर काम गर्ने बताएका उनले पनि योजनावद्ध विकासको खाकाबारे स्पष्ट गरे ।
    एकिकृत समाजवादीका केन्द्रिय सदस्य सुवास कर्माचार्य, समानुपातिक उम्मेदवार भगवती नेपाल, कांग्रेस नेता विष्णु विक्रम थापा, विकास लामा, क्षेत्र नं १ को क बाट प्रदेश सभाका लागि प्रत्यक्ष उम्मेदवार मसिना खड्का भण्डारी, क्षेत्र नं २ को ख बाट प्रत्यक्ष उम्मेदवार कृष्ण कुमार तामाङ समिर लगायत सबैले अभिवादन, जय नेपाल र लाल सलाम भनेर सम्बोधन गरेपछि हलको माहौल नै अभिवादन, जय नेपाल र लाल सलाममय बनेको थियो ।
    भेलामा कलाकारद्वय चेतन सापकोटा र भिमसेन खतिवडाले प्रस्तुत गरेको गीत र सम्बोधनमा पनि अभिवादन, जय नेपाल र लाल सलाम नै आएपछि माहोल रोमाञ्चित बनेको थियो ।
    एमाले लगायत विविन्न पार्टी परित्याग गरेर गठबन्धन जिताउने उद्घोष गरेका दर्जनौ नवप्रवेशीको जोश, उम्मेदवारहरुको सम्बोधन, उपस्थितहरुको उत्साह र लयले गठबन्धन दलका नेता कार्यकर्ताबीच गहिरो अन्तरघुलन भएको देखिन्थ्यो ।

    मुख्य समाचार बाट थप

  • इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    समाचार
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑