• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • २शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • ३एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • ४चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • ५विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण
  • ६‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ
  • ७नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन
  • ८सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए
logo
आज:  | Sun, 07, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

गठबन्धन प्रति इमानदार हुन सिन्धुका कांग्रेस नेताहरूकाे आव्हान

गठबन्धन प्रति इमानदार हुन सिन्धुका कांग्रेस नेताहरूकाे आव्हान
मुख्य समाचार
Authorनयाँपानी खबर
October 26, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    चौतारा
    नेपाली कांग्रेसका नेताहरुले राष्ट्रिय आवश्यकताले बनेको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई बिना संकोच मतदान गर्न आग्रह गरेका छन् ।
    मंगलबार सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं १ मा आयोजित फरक फरक बैठक एवं शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेसका जिम्मेवार नेताहरुले यस्तो आग्रह गरेका हुन ।
    संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार विहान बलेफी गाउँपालिकाको बलेफीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवंं चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो धारणा राख्दै कांग्रेस नेता भुपेन्द्र थापाले साझा उम्मेदवालाई तोकिएको निर्वाचन चिन्हमा मतदान गर्न अपिल गरे । उनले जिल्लामा गठबन्धनका तर्फबाट उम्मेदवारी दाखिला गरेका ६ जनालाई नै जिताउनु पर्नेमा जोड दिए । कांग्रेस कार्यकतालाई विशेष आग्रह गर्दै उनले भने ‘अब हामीले दुबिधा नलिई गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्छ ।’                 
    मंगलबार नै जुगल गाउँपालिकामा आयोजित संयुक्त सभामा नेता थापाले कांग्रेस कार्यकतालाई भनै ‘हामीले देश भर माओवादीलाई ४५ सिटमा भोट हाल्ने हो, माओवादीले देशभर कांग्रेसलाई ८८ सिटमा भो हाल्ने हो, यो यथार्थ नभुलौं, समानुपातिकमा त आफ्नै पार्टीकौ चिन्हमा भोट हाल्ने हो नि ।’
    बलेफीमा भएको संयुक्त कार्यक्रममा स्वास्थ्यमा समस्या हुँदा समैत उपस्थित भएका कांग्रेस नेता एवं सोहि पालिकाका पूर्व अध्यक्ष केदार क्षेत्रीले सिन्धुपाल्चौक १ गठबन्धनको इमान्दारीता पुष्टि गरैर छौड्ने प्रतिवद्धता व्यक्त गरे । सिन्धुपाल्चोक २ मा माओवादीबाट सोहि खालको विश्वास राखिएको उनको भनाई थियो ।
    पार्टी कार्यकर्ताहरुलाई विशेष अनुरोध गर्दै उनले भने ‘हामीले १ नंबर क्षेत्रमा माओवादीको चुनाब चिन्ह गोलाकार भित्रको हँसिया हतौडामा हालेको भोट २ नं क्षेत्रमा कांग्रेको रुखमा परिणत हुन्छ ।’ नेता क्षेत्रीले एमालेका उम्मेदवार सरेश नेपाल आफु बसेको पार्टीमा अन्तरघात गर्न सिपालु भएको टिप्पणी गरे ।                                                                       
    दुबै कार्यक्रममा सम्बोधन गरेका कांग्रेस जिल्ला सभापति जंग तामाङले गठबन्धनको आवश्यकताको चर्चा गर्दै आगामी मंसिर ४ गतै गठबन्धनका साझा उम्मेदवारहरुलाई हातमा हात साथमा साथ मिलाएर, हिजौको तितो मिठो विर्सिएर भोट हाल्न अपिल गरे । ‘हामी विपिका कार्यकर्ता हौं मंसिर ४ सम्म हामी एउटै भएर जाऔं ।’
    जुगलमा आयोजित सभामा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यले गठबन्धनको आवश्यकताबारे स्पष्ट हुन आग्रह गरे ।
    संयुक्त गठबन्धन दलका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा भएका दुबै कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का प्रतिनिधि सभा तर्फका उम्मेदवार माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा २ का उम्मेदवार सरल सहयात्री पौडेलले साझा उम्मेदवारको रुपमा आएको र जित पछि पनि साझा प्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    केन्द्र र जिल्ला तहमा संयुक्त बैठक पछि पालिकास्तमा सभामा जुटेका लोकतान्त्रिक वाम गठबन्धन आवद्ध दलहरुले संयुक्त बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका हुन् ।

    मुख्य समाचार बाट थप

  • इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    समाचार
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑