सभाले ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिको संयोजकमा विजयकृष्ण श्रेष्ठ, सदस्यहरुमा रुद्रप्रसाद दुलाल र प्रेम नारायण लामिछाने चयन गरिएको हो । कार्यक्रममा सघंका महासचिव तारा बानियाँले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रतिमा धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कार्क्रयममा मेलम्ची नगरपालिकाको प्रमुख आइतमान तामाङले मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई ह्युम पाइप राखिने बताए । उनले दशैं अघि नै यातायात सञ्चालनको लागि ह्युम पाइप राख्ने योजना रहेको जनाए । स्थायी रूपमा यातायात सञ्चालनको लागि मेलम्ची खोलामा बेलिबृज राख्नको लागि नगरपालिकाको बजेटले मात्र नपुग्ने भएकाले थप रकमको लागि मन्त्रालयमा प्रयत्न गरिरहेको तामाङले जानकारी दिए ।
कार्यक्रममा उद्योग वाणिज्य सघं बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले उद्योग वाणिज्य सघंले गर्ने काम र समन्वय तरिका बारेमा जानकारी गराएका थिए । राष्ट्रिय व्यापार सघंका पूर्व अध्यक्ष तथा समाजसेवी नयनबहादुर पण्डितले यस क्षेत्रमा पहिला ब्यापारीक केन्द्र नै नभएको, ब्यापार गर्ने तरिका नै थाहा नभएको सन्दर्भमा अहिले उद्योग वाणिज्य सघं नै खोल्नु भनेको ठूलो सफलता भएको बताए ।
साधारण सभा मेलम्ची नगरपालिकाको उप्रप्रमुख उमा प्रधान, वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्का, वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा नम्बर ११ का पूर्व वडा अध्यक्ष रुद्रप्रसाद दुलाल, समाजसेवि सिद्धिनारायण श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस