• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

बाल दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान

बाल दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान
मुख्य समाचार
नयाँपानी डेस्क
September 15, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ६ मिनेट
  • Follow us on:

    बाँके, २९ भाद्र । बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आज महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।
    सो गाँउपालिकाले २६ विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुबै जनालाई ल्यापटप प्रदान गरिएको थियो भने अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान,कापी झोला, प्रमाणपत्र र खादा लगाएको थियो ।


    कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको रोड निर्माण गर्नु मात्र नभएको बताउदै उनले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताए ।
    अध्यक्ष शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, सर्बोत्कृष्ट २ जनालाई आज जसरी ल्यापटप प्रदान गरिएको छ यसै गरी तपाईहरु पनि मेहनत गर्नु होस सर्बोत्कृष्ट हुने सबै विद्यार्थीहरुलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । गाँउपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए ।

    गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद थारुले नरैनापुर भित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए ।
    गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन उर्जा प्रदान गर्ने उनको भनाइ थियो ।


    यसैगरी वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा क्षेत्रमा राजनिति नगर्न सबैलाई आग्रह गर्दै शिक्षा क्षेत्रको सुधारका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताउदै उनले नरैनापुर ५ लाई अबको ५ वर्षमा शिक्षाको हब बनाउने बताए ।
    कार्यक्रममा गाँउपालिका अध्यक्षसँगै प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ५ का अध्यक्ष कृष्ण मौर्य, वडा नं. ४ का अध्यक्ष मनोज मिश्रा, जिन्सी शाखा प्रमुख भरत महतो, विपत शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, कमल केसी लगायतले सम्मान प्राप्त विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

    सोही गाँउपालिकाको वडा नं ६ मा रहेकोे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले आजै ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वक्तृत्वकला कार्यक्रमसमेत आयोजना गरेको थियो । वक्तृत्वकलामा उत्कृष्ट भएकाहरुलाई गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पुरस्कार वितरण गर्नु भएको थियो । बाँकेको पूर्वी क्षेत्रमा रहेको सबै भन्दा विकट मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातको सबै भन्दा ठूलो समस्या रहेको थियो भने ५ वर्षमा ठूलो परिर्वतन भए पनि सरकारबाट सहयोग हुने हो भने देशकै नमूना पालिकाको रुपमा स्थापित हुने थियो । उक्त पालिकामा ६ वडा रहेका छन् ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑