बाह्रबिसे , सिन्धुपाल्चोक ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) काे आयाेजनामा भएको प्रथम अन्तर विद्यालय राष्ट्रिय लाेक नृत्य प्रतियोगिताकाे जिल्ला स्तरीय छनाैटमा सिन्धुपाल्चोक प्रथमकाे ट्रफी केतु बाेर्डिङ स्कुल बाह्रबिसेले उचाल्न सफल भएको छ । प्राइभेट प्याराडाइज सेकेण्डरी स्कुल बाह्रबिसेकाे प्रांगणमा हिजो सम्पन्न छनाैट प्रतियोगितामा जिल्लाका आठ वटा संस्थागत माध्यमिक विद्यालयहरुकाे सहभागीता रहेको थियो । प्याब्सन जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आयोजना गरेको प्रतियोगितामा फर्स्ट रनर अपकाे उपाधि प्रगति इङलिस सेकेण्डरी स्कुल मेलम्चीले र सेकेन्ड रनर अपकाे उपाधि चण्डेश्वरी इङलिस बाेर्डिङ स्कुल बाह्रबिसेले हात पार्न सफल भएको थियो ।
प्याब्सनमा आबद्ध प्राइभेट प्याराडाइज स्कुल बाह्रबिसेका प्रिन्सिपल बालकृष्ण श्रेष्ठ जिल्ला समन्वय समिति सिन्धुपाल्चोककाे प्रमुख र हिमालयन एकेडेमी लिसंखुपाखरकी सञ्चालिका मिठुदेवी लामा लिसंखुपाखर गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा प्याब्सनको तर्फबाट बधाई सहित सम्मान गरिएको थियोे । त्यसैगरी संस्थागत विद्यालयकाे तर्फबाट यस वर्षको एसइइमा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियोे । ३.२० भन्दा माथि जिपिए ल्याउने बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियोे भने जिल्ला प्रथम हुन सफल एकजना केटा र एकजना केटीलाई जनही १६ हजार नगदसहित पदक र प्रमाणपत्रबाट सम्मान गरिएको थियोे । यस वर्ष प्याब्सन विद्यालय अन्तर्गत जिल्ला प्रथम हुन सफल प्राइभेट प्याराडाइज स्कुल बाह्रबिसेकि रिता खड्का र केटातर्फ सदाबहार एकेडेमी खाडीचाैरका रामकृष्ण बिक उल्लेखित पुरस्कारका साथमा प्याब्सन मेधावी विद्या पदकबाट समेत सम्मानित भएका थिए ।
प्याब्सन वाग्मती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ , लिसंखुपाखर गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा, प्याब्सन केन्द्रीय सदस्य कर्मवांगेल लामा, वाग्मती प्रदेशका बरिस्ठ उपाध्यक्ष मुरारी सञ्जेल, वाग्मती प्रदेश सचिव ऋषिराम नेपाल प्रमुख सल्लाहकार दुर्गा थापा लगायतकाे उपस्थिति रहेको थियोे । कार्यक्रम प्याब्सन जिल्ला कार्यसमिति अध्यक्ष ओमप्रकाश उप्रेतीकाे सभापतित्व र सचिव बुद्धिप्रसाद आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।
प्रतिक्रिया दिनुहोस