१० असार , नवलपुर ।
इन्द्रावती गाउँपालिकाले आगामी आ. व. २०७९/८० का लागि ७९ करोड ९१ लाख ३६ हजारकाे बजेट प्रस्तुत गरेको छ । आज दाेश्राे गाउँसभाको पहिलो अधिवेशन मार्फत गाउँपालिका उपाध्यक्ष साेमना तामाङले आगामी आ.व. २०७९/८० काे साे आम्दानी तथा खर्चको अनुमानित बिबरण पेश गरेकी हुन ।
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित गाउँ सरकारको पहिलो नीति तथा कार्यक्रममा थुप्रै
नयाँ पपुलिष्ट कार्यक्रमहरु घाेषणा गरिएको छ । ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु . ५ सय एकल भत्ता ,अध्यक्षसंग टुहुरा कार्यक्रम , एक वडा एक हेलिप्याड सहितको खेलमैदान , बिद्यार्थी दिवा खाजामा रकम थप, माध्यमिक तहसम्म नि: शुल्क शिक्षा लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएका छन ।
यसअघि दुग्ध उत्पादक कृषकलाई एक लिटर दूध बिक्री गरेबापत दिइदै आएको अनुदान प्रतिलिटर २ रुपैयाँबाट बढाएर ४ रुपैयाँ पुर्याइएकाे छ । गरिबी निवारण काेषबाट सञ्चालित सामुदायिक संस्थाहरुलाई सहकारी मार्फत व्यवस्थित गरिने भएको छ । सहकारी संस्थालाई प्रविधि मैत्री बनाइ संस्थाका सञ्चालक तथा कर्मचारीलाई आवश्यक अवलोकन भ्रमण र तालिमको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा पालिकास्तरमा युवा परिषद गठन गरि साे मार्फत युवा राेजगारीका कार्यक्रम अगाडि बढाउने र वैदेशिक राेजगारीबाट फर्केका युवा लक्षित बिशेष सहुलियत कार्यक्रम सञ्चालन गरिने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस