• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

आठ पालिकाबाट काँग्रेस नझरेपछि सिन्धुपाल्चोक गठबन्धनमा अन्योल

आठ पालिकाबाट काँग्रेस नझरेपछि सिन्धुपाल्चोक  गठबन्धनमा अन्योल
मुख्य समाचार
रामकृष्ण थापा
April 19, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

     

    नयाँपानी खबर

    चौतारा

    तीन दिनदेखि जिल्ला र काठमाडौको विभिन्न स्थानमा लगातार बसेको बैठकबाट कुनै निश्कर्ष नआएकोले काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको चुनावी तालमेल अन्योलमा परेको छ । आठ सिट चाहिने काँग्रेसको पूर्वअडान यथावत् रहेकोले गठबन्धन असहज बन्दै गएको हो ।

    सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको आ–आफ्नै स्वार्थ बैठकमा टकराएकोले पनि गठबन्धन अन्योलमा परेको हो । यद्यपि, बैठकलाई निरन्तरता दिने सहमति चाहिँ भएको छ ।

     

    सापकोटा र बस्नेतको क्षेत्र एउटै भएकोले प्रदेश र संघको चुनावलाई आफ्नो पक्षमा पार्ने उद्देश्यसहित स्थानीय तहको सिटमा बढी सिट दाबी गरिरहेकोले कुरा मिलेको छैन । बैठकमा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, जिल्ला सभापति जंगबहादुर तामाङ र पूर्वसभापति विकास लामा, माओवादी केन्द्रबाट केन्द्रीय सदस्य माधव सापकोटा, जिल्ला अध्यक्ष गोविन्द पराजुली र एकीकृत समाजवादीबाट केन्द्रीय सदस्य सुभाष कर्माचार्य र जिल्ला अध्यक्ष नवराज पौडेल सहभागी छन् ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीले जिल्लाको १२ तहमध्ये ६ सिट दिनुपर्ने माग राखेका छन् । तर, काँग्रेसले दुई पार्टीलाई चार सिटमात्र दिनसकिने बताएपछि बैठक अन्योलमा परेको हो । हालको संगठन र पहिलो स्थानीय निर्वाचनको मतलाई आधार मान्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले ६ सिट माग्नु स्वभाविक भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले बताए । तर, काँग्रसले एक्लै आठ स्थान जित्ने दाबी गरेको छ । सभामुख सापकोटा र पूर्वमन्त्री बस्नेतको क्षेत्रमा सात स्थानीय तह छन् । ०७४ को स्थानीय चुनावमा काँग्रेस र माओवादीले एकएक सिट जितेका थिए । त्यसैलाई आधार मानेर सिट बाँडफाँड गर्न माओवादीले प्रस्ताव राखेको छ । तर, काँग्रेसले बढी सिट मागेकोले कुरा मिलेको छैन । काँग्रेस जिल्ला सभापति जंगबहादुर लामाले वार्ता जारी रहेको बताए । ‘माओवादी र एकीकृत समाजवादीलाई चार सिट दिने भनेका छौं ।  उहाँहरुले ६ सिट माग्नुभएको छ,’ उनले भने, ‘हामीलाई १२ मध्ये आठ चाहिन्छ भनेका हौं ।’ एक्लै जित्छु भन्ने काँग्रेसको घमण्डले गठबन्धन अन्योलमा परेको माओवादी र एकीकृत समाजवादीले आरोप लगाएका छन् ।

    एकीकृत समाजवादीले मेलम्ची नगरपालिका मागेको छ । माओवादीले भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका आफूले जित्ने दाबी गरिरहेको छ । बलेफी र जुगलमध्ये एक छोड्नुपर्दा इन्द्रावती चाहिने माओवादीको बटमलाइन छ । इन्द्रावतीमा माओवादी र एकीकृत समाजवादी मिल्दा चुनाव जित्ने सम्भावना छ ।

    गठबन्धनमा कुरा नमिले माओवादी र एकीकृत समाजवादीबीच तालमेल गरेर जाने विषयमा पनि छलफल चलिरहेको छ । काँग्रेसले बाह्रबिसे, त्रिपुरासुन्दरी, सुनकोसी, हेलम्बु, पाँचापोखरी थांपाल र इन्द्रावती, बलेफी, जुगलमध्ये एउटा लिँदा ६ सिट हुन्छ । दुई पार्टीलाई ६ र काँग्रेसलाई ६ सिटमा भागबन्डा मिलेमा तालमेल हुने नत्र नहुने सम्भावना रहेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले बताए । काँग्रेससँग गठबन्धन नभएपनि माओवादी र एकीकृत समाजवादीले जिल्लाभर तालमेल गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रले १२ वटै स्थानीय तहका उम्मेदवारको सिफारिस माथिल्लो कमिटीलाई पठाइसकेको छ । गठबन्धनको निर्णय कुरिरहेको काँग्रेसले हालसम्म उम्मेदवारको सिफारिस गरेर माथिल्लो कमिटीमा पठाएको छैन ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑