• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • ११५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • २विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • ३युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • ४जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ५अन्ततः नयाँपानीमा पानी पलायो
  • ६सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ७सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ८रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
logo
आज:  | Tue, 01, Jul, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

भोटेकोशीमा माओवादी केन्द्र पहिलो पार्टी हो–आङ्छिरी शेर्पा, नेता,नेकपा (माओवादी केन्द्र) भोटेकोसी

भोटेकोशीमा माओवादी केन्द्र पहिलो पार्टी हो–आङ्छिरी शेर्पा,  नेता,नेकपा (माओवादी केन्द्र) भोटेकोसी
राजनीति
रामकृष्ण थापा
April 3, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ३१ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    आगामी बैशाख ३० गते देशैभर एकैसाथ हुनलागेको  स्थानीय तह निर्वाचनका लागी सबै प्रमुख राजनैतिक दलहरु उम्मेदवार छनौट देखी लिएर बिबिध गतिबिधिमा क्रियाशिल देखिएका छन । सबै पार्टीमा पालिका प्रमुख, उपप्रमुख देखि वडा अध्यक्ष सम्मकालागी प्रशस्तै आकांक्षीहरु देखिएका छन । त्यस्तै आकांक्षीहरु मध्ये सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाको  अध्यक्षका आकांक्षी नेकपा (माओवादी केन्द्र) का नेता आङ्छिरी शेर्पा संग नयाँपानी खबरका लागि रामकृष्ण थापाले  गरेको कुराकानीको सक्षिप्त अंश :

    स्थानीय तह चुनावमा तपाइँको आकांक्षा रहेको पाइयो । यति महंगो चुनाव किन लड्न चाहनुहुन्छ ?

    भोटेकोसी गाउँपालिकामा राजनीतिलाई बुझेर सचेत रुपमा राजनीतिमा क्रियाशील भएको नाताले निर्वाचनजस्तो राजनीतिको महा उत्सवमा मेरो पनि आकांक्षा नहुने भन्ने होइन । तर, केही अग्रज साथीहरु पनि हुनुहुन्छ । उहाँहरुको साथ समर्थन हुने हो भने म पछि हट्ने कुरा छैन । जहाँसम्म महंगो चुनावको कुरा छ, राजनीतिलाई पेशा होइन सेवा बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । तपाइँको मिडियामार्फत् भोटेकोसीवासीलाई अपिल र अनुरोध गर्न चाहन्छु कि क्षणिक स्वार्थ नहेरी निर्वाचन पछि दीर्घकालीन विकासको भविष्यबारे सबैले सोच्ने बेला आएको छ । सही र गलत छुट्याएर निर्णय लिँदा भोटेकोसीको दीर्घकालीन हित हुन्छ । यसप्रति भोटेकोसीवासी सचेत छन् र म विश्वस्त छु । चुनावमा भड्किलो खर्च गर्ने र निर्वाचित भएपछि विकास बजेट स्वार्थमा सक्ने परिपाटीलाई हामीले दुत्कार्नु पर्छ । त्यसतर्फ चनाखो रहन म आह्वान गर्छु ।

      तपाइँले टिकट पाउने आधार के–के हुन् ?

    भोटेकोसीमा राजनीतिलाई शक्ति र पद ठूलो कि पार्टीको विचार, सिद्धान्त  र एजेण्डा ठूलो ? फरक छुट्याउन सक्ने गरी राजनीतिमा होमिएको युवा भएको नाताले १५–१६ वर्षदेखि निरन्तर राजनीतिक र सामाजिक रुपमा जनताको सेवामै रहेको र मेरो पार्टीको विभिन्न समितिको सचिव, अध्यक्ष हुँदै अहिले पालिका इन्चार्जको रुपमा निरन्तर सक्रिय छु । मैले टिकट पाउने यो भन्दा बलियो आधार अरु के हुनसक्छ ?

     टिकट पाउनुभयो भने चुनावी खर्च कसरी जुटाउनुहुन्छ ?

    हाम्रो पालिकामा पाँच वडा छन् । प्रचार–प्रसार मतदाता भेटघाट नेता कार्यकर्ता परिचालनमा त्यस्तो धेरै खर्च हुन्छ भन्ने मैले सोचेको छैन । तैपनि, म आफै १६ वर्षको उमेरदेखि व्यवसाय र राजनीतिलाई सँगै लिएर अगाडि बढेको मान्छे भएकोले चुनावी व्यवस्थापन राम्ररी गर्न सकिन्छ । म राजनीतिक, आर्थिक र सामाजिक सम्बन्धका हिसाबले सक्षम छु । साथमा पार्टीको गौरवशाली इतिहास र उपलब्धीपूर्ण एजेण्डा छन् ।

    जनमत माग्ने तपाइँको मार्गचित्र के–के हुन् ?

    पहिलो कुरा, राजनीति र सामाजिक रुपमा क्रियाशील भएको मेरो उमेरका मान्छे भोटेकोसीमा कम छन् । भन्नुको अर्थ के हो भने, यहाँ आइपरेका भूकम्प र बाढीपहिरोको महाविपत्तिमा मैले गरेको काम र योगदानबारे सबैलाई अवगत नै छ । यो स्थानीय र व्यावहारिक पक्ष भयो । दोस्रो कुरा हाम्रो पार्टीको नाराहरुमध्ये “समाजवाद उन्मुख समृद्धिको लागि स्थानीय सरकार, माओवादी केन्द्रको स्थानीय सरकार निःशुल्क, शिक्षा, स्वास्थ्य र अनिवार्य रोजगार” भन्ने छ । अर्को पाटो, विशाल छिमेकी चीनको सीमा, यहाँको स्रोतसाधन यहाँको जनताको जीविकोपार्जनसँग जोडेर योजना बनाउने छौं । ५० औं लाख तिरेर ज्यानको बाजी लगाएर शरणार्थी बन्न अमेरिका जाने र अन्य देशमा जाने युवा शक्तिहरु भोटेकोसीमा रोक्ने र शिक्षा, स्वास्थ्य रोजगारको शिलशिलामा काठमाण्डौं बस्ने धेरै भोटेकोसीवासीलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नको लागि कृषि र पर्यटनमा तत्कालीन र दीर्घकालीन योजनाहरु बनाउँदै समृद्ध भोटेकोसीको प्रष्ट चित्र कोरेर जनतासमक्ष जाने हो ।

    तपाइँको पार्टी र अन्य प्रतिस्पर्धी दलको हालको अवस्था कस्तो छ ?

    भोटेकोसीमा हाम्रो पार्टीको संगठित सदस्य १४ सय ४४ जना छन् । संगठनमा युवा, पढेलेखेका र सचेत मानिस बढी आबद्ध छन् । विचार, संगठन, नेतृत्व र एजेण्डा सबै हिसाबले माओवादी केन्द्र पहिलो पार्टी हो । काँग्रेस दोस्रो शक्ति हो । तर, त्यहाँ व्यक्तिवादी प्रवृत्ति बढी छ । एमालेको संगठन राम्रो थियो तर अहिले विभाजनको शिकार भएको छ । एमाले र एकीकृत समाजवादीको अवस्था उस्तैउस्तै छ ।

     

    राजनीति बाट थप

  • १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • श्रमदानबाट बाटो तथा सिढी निर्माणमा जुट्दै रुपान्तरण अभियान श्रमदानबाट बाटो तथा सिढी निर्माणमा जुट्दै रुपान्तरण अभियान
  • राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’
  • वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हेम बस्नेतको महत्वाकांक्षी योजना वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हेम बस्नेतको महत्वाकांक्षी योजना
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑