• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • २जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ३अन्ततः नयाँपानीमा पानी पलायो
  • ४सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ५सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ६रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • ७स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
  • ८इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय
logo
आज:  | Fri, 16, May, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

राप्रपामा राणाको तेस्रो धार

राप्रपामा राणाको तेस्रो धार
मुख्य समाचार
रामकृष्ण थापा
April 1, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    चुनावी सरगर्मी बढिरहेको बेला राप्रपा सिन्धुपाल्चोकमा आन्तरिक कलह बढेको पाइएको छ । अध्यक्ष निलध्वज थापा र पूर्वअध्यक्ष गोपाल श्रेष्ठको आ–आफ्नै समुह छ । त्यसमाथि अहिले तेस्रो धार जन्मिएको छ । तेस्रो धारको नेतृत्व राणाको विश्वासपात्र कृष्ण गिरीले गरेको बताइएको छ ।
    थापा र श्रेष्ठको गतिविधि निष्क्रिय भएपछि गिरीले आफूनिकट कार्यकर्ता लिएर चुनावी प्रचारमा लागेका हुन् । उनी जिल्लाका पूर्वकोषाध्यक्ष हुन् । पशुपति शम्सेर राणालाई राजा भनेर संबोधन गर्ने गिरी राप्रपाभित्रका प्रतिवद्ध संगठक हुन् ।
    पशुपति शम्सेर राणाले आउँदो चुनावमा भोट बढाउन समुह–समुह बनाएर जिल्ला पठाएको विश्लेषण गरिएपनि राप्रपाभित्र आन्तरिक कलह चुलिएको बताइन्छ । गत निर्वाचनमा राणाले ३१ हजार मत प्राप्त गरेका थिए । कांग्रेससँग गठबन्धन गरेर ल्याएको मत कसरी सुरक्षित गर्ने भन्ने चिन्तामा राणा रहेको पाइएको छ । ‘हाम्रो मत ३० हजार हो पशुपति राजालाई यसपटक जिताउन हामी लाग्नेछौं,’ गिरीले भने । आन्तरिक गुटबन्दी र खराब कार्यकर्ताले राप्रपा बिगारेको उनको भनाइँ छ ।


    सत्ताघटक पार्टीहरुको गठबन्धन कायम रहे राणालाई यसपटक पनि चुनाव जित्न मुश्किल छ । गठबन्धनबाट कांग्रेस वा माओवादीका उम्मेदवार हुँदा राणाले एमालेसँग गठबन्धन गर्नुपर्ने हुन्छ । तर, यो सहज छैन । एमालेका नेता शेरबहादुर तामाङले राणालाई छोड्ने अवस्था छैन । माओवादी केन्द्रका नेता युवराज दुलाल मेलम्ची बाढीदेखि स्थानीयको दुःखमा साथै रहेकोले उनको क्रेज निकै बढेको छ । मेलम्ची क्षेत्रमा माओवादी पनि अरु पार्टीको हाराहारीमा पुगेको स्थानीय बताउँछन् । राप्रपा नेता गिरीले बताएअनुसार यसपटक पनि राणा नै चुनाव लड्ने तयारीमा छन् । राणाको अभियानलाई सफल पार्न गिरी भित्रभित्रै मत सर्वेक्षणमा लागेका छन् । ‘हाम्रो पार्टीबाट ‘राजा’ आफै उम्मेदवार बन्ने सम्भावना बढी छ,’ उनले भने, ‘गठबन्धन हुँदा उहाँको जित निश्चित छ ।’ राप्रपाका कार्यकर्ता छिन्नभिन्न भएकोले नयाँ र युवा पंक्तिलाई रोजगार दिएर पार्टीको अवस्था सुधार्ने उनले बताए । राणाले त्यही तयारी गर्न तेस्रो धार बनाएर गिरीलाई परिचालन गरेका हुन् । पूर्वअध्यक्ष श्रेष्ठ, जितबहादुर भारतीलगायत थुप्रै नेता र पुराना कार्यकर्तासँग राणा रुष्ट छन् । पार्टीको कामलाई भन्दा आर्थिक उपार्जनतिर लाग्ने कार्यकर्तालाई पछाडि हटाएर नयाँ संगठन बनाउने तयारी गिरीले गरेका छन् । अध्यक्ष निलध्वज थापाले पार्टीलाई भनेजसरी अगाडि बढाउन नसकेको राणाको निश्कर्षसहित गिरीले तेस्रो समुह बनाएर जिल्ला आएको बताएका छन् ।

    मुख्य समाचार बाट थप

  • युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • अन्ततः नयाँपानीमा पानी पलायो अन्ततः नयाँपानीमा पानी पलायो
  • सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑