नयाँपानी खबर
चौतारा
प्रहरी कार्यालयले तोकेको जिम्मेवारी कुशलतापूर्वक फत्ते गर्ने चार प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नगदसहित पुरस्कार प्रदान गरेको छ । शान्तिसुरक्षा, विभिन्न विपत् र नागरिकप्रति प्रहरीले निभाउनुपर्ने गहन जिम्मेवारी पूरा गरेका प्रहरी कर्मचारीलाई वर्षेनी पुरस्कृत गर्ने परम्परा छ । प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले दिएको जानकारीअनुसार पुरस्कृत हुनेमा चार प्रहरी कर्मचारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चौतारमा कार्यरत प्रहरी नायब निरीक्षक घनश्याम नेपाल, प्रहरी जवान सुवास महत र प्रहरी जवान तन्जन थामी पुरस्कृत भएका हुन् ।
प्रनानि नेपाल छन्दकवि पनि हुन् । प्रहरीमा उत्कृष्ट कार्य गरेबापत उनी वर्षेनी पुरस्कृत हुन्छन् । जनताको जिउधनको सुरक्षा र शान्तिसुरक्षा कायम राख्न कविसमेत रहेका नेपाल दिनरात खट्छन् । नम्र बोली र लचिलो व्यवहारका प्रनानि नेपाल जिल्लाभर लोकप्रिय छन् ।
प्रतिक्रिया दिनुहोस