• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान
  • २मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • ३सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • ४स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • ५सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ६ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ७भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ८शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
logo
आज:  | Thu, 29, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

हिउँदमा लिदी बर्खामा बाँसखर्क

हिउँदमा लिदी बर्खामा बाँसखर्क
मुख्य समाचार
रामकृष्ण थापा
March 15, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    ०७७ साउन ३० गते पहिरोमा पुरिएर ज्यान गुमाएका घरका सदस्य सम्झँदै जुगल गाउँपालिका वडा नं. २ लिदीका निमाछिरिङ र इन्द्र दोङ बाँसखर्कमा बसेको डेढ वर्ष बित्यो ।
    परिवार गुमाउँदाको पीडा जति भयो, त्योभन्दा बढी पहिरोपछि जन्मभूमि छोडेर अन्यत्र जानुपर्दाको पीडाले दोङद्वयलाई सताइरहेको छ । तर, बिकल्प पनि छैन । भूगर्भविद्ले भनेका छन्, पहरोमाथि बसेको लिदी माथिबाट बग्ने पहिरोले जोखिममा छ । त्यसैले, लिदीका स्थानीय अधिकांशले निर्णय गरेका छन्, हिउँद लागेपछि खेती गर्न गाउँ जाने अनि बर्खामा बाँसखर्क आएर ज्यान जोगाउने ।
    लिदीमा आलु, मकै, कोदो र गहुँ उत्पादन राम्रो हुन्छ । पशुपालनबाट स्थानीयले मनग्ये आम्दानी गर्छन् । पाँचपोखरी पुगेर यार्सागुम्बा टिप्ने र अन्य जडीबुटी संकलन गरेर पनि थप आम्दानी गर्छन् । बाँसखर्कमा बनेको नयाँ घर बासमात्रै हो । त्यसैले अधिकांश लिदीवासीले बर्खाभर ज्यान जोगाउनमात्रै बाँसखर्कको पक्की घर प्रयोग गर्ने सोचेका छन् ।


    पहिरो पन्छाउँदै उनीहरुले लिदीमा पशुपालनका लागि गोठ र आफू बस्ने अस्थायी घर निर्माण गरेका छन् । लिदीमा आठसम्म पढ्ने विद्यालय छ । पहिरोपछि पनि स्थानीय बालबालिका गाउँमै पढ्छन् । आठ पास गरेका विद्यार्थीलाई बाँसखर्क बसेर सेलाङ वा स्याउलेमा पढ्न सहज हुन्छ । बिगतमा लिदीका बालबालिका आठ पास भएपछि विद्यालय पुग्न टाढा भएकोले अधिकांशले पढाइ छोड्थे ।
    पहिरोले विस्थापित लिदीवासी दुई सय नौ घर हुन् । कादुरी नामक संस्थाले बाँसखर्कमा ६८ घर तयार पारेको छ । पहिरोले घरजग्गा पुरेर बिचल्लीमा परेकालाई यी घरमा राखिने तयारी अन्तिम चरणमा पुगेको छ । डेढ वर्षपछि पक्की घरमा बस्नपाउने भएकोमा पहिरोपीडित उत्साही छन् । परिवार सबै गुमाएका दोङद्वय भन्छन्, ‘परिवार गुमेपनि नयाँ बास पाउँदा खुसी छौँ ।’ पहिरोपीडितले नयाँ घर बनाउँदा दैनिक रोजगारी पनि पाएका छन् । कादुरीले यी घर बनाउन ६ करोडभन्दा बढी रकम खर्च गरेको वडाध्यक्ष प्रताप लामाले बताए । ‘स्वावलम्वन संस्थाले ४० घर बनाउने सम्झौता गरेर डिपीआर गरिसकेको छ,’ उनले भने । । पहिरो गएदेखि हालसम्म फिल्डमा खटिरहेका लामाले भने, ‘एकसय आठ घर संघसंस्थाले बनाइदिन्छन् बाँकी सरकारले जिम्मा लिन्छ ।’ जग्गा किन्न तीन लाख र घर बनाउन पाँच लाख गरी प्रत्येक विस्थापित घरपरिवारलाई आठ लाखको दरले रकम दिने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले प्रष्ट्याए । विस्थापितलाई रकम उपलब्ध गराउन जुगल सरकारले धमाधम फर्म भरेर विवरण तयार पारिरहेको छ । कागजात मिलाउन समय लागेकोले सरकारी रकम आउन ढिला भएको गाउँपालिकाले जनाएको छ ।

    मुख्य समाचार बाट थप

  • मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान
  • मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    समाचार
    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑