
२८ फागुन , चाैतारा ।
नेपाली कांग्रेस सिन्धुपाल्चोककाे चाैधाैं जिल्ला अधिवेशन हिजोबाट सदरमुकाम चाैतारामा शुरु भएको छ । महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी मनाेनयनकाे काम सकिएको छ भने आज बिहान ८ बजे बाट मतदान प्रक्रिया शुरु हुदैछ ।
एकजना जिल्ला सभापतिका लागि ३ जनाको उम्मेदवारी परेकाे छ भने २ जना उपसभापतिका लागि ५ जना, २ जना सचिवका लागि ४ जना र २ जना सहसचिवका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा इन्द्रावती गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ , त्रिभुवन विश्वविद्यालयका पुर्व उप प्राध्यापक डा. प्रेमध्वज लामा र जुगल गा.पा. का जंगबहादुर लामा बिच त्रिपक्षीय प्रतिस्पर्धा हुदैछ । त्यस्तै उपसभापतिमा दाेर्जे लामा (हाउडे) , टंकबहादुर कार्की , सुर्यप्रसाद न्याैपाने,साेमबहादुर तामाङ र पासाङ दाेङ, सचिवमा अनुप न्याैपाने, देविराज श्रेष्ठ, भक्तध्वज बाेहाेरा र रमेराज भण्डारी , सहसचिवमा कृष्णभक्त नेपाल , निलबहादुर खड्का , नरेश कार्की र रामबाबु लुइँटेल प्रतिस्पर्धाकाे मैदानमा खडा भएका छन । अन्य जिल्ला झैँ सिन्धुपाल्चोकमा पनि संस्थापन र संस्थापन इतर पक्षको प्रतिस्पर्धा देखिन्छ । जिल्लामा स्ंस्थापन पक्षको नेतृत्व जंगबहादुर लामाले गरेका छन भने शेखर काेइराला पक्षको नेतृत्व बंशलाल तामाङले गरेका छन । जिल्लामा संस्थापन पक्षका नेता केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतकाे राेजाईमा परेका भनिएका डा. प्रेमध्वज लामालाई अन्तिम समयमा आएर उनलेे साथ नदिएपछि प्रेमध्वज संस्थापन पक्षकाे बिद्राेही उम्मेदवारकाे रुपमा मैदानमा उत्रिएको बुझिएको छ । जिल्लाकाे नेतृत्वका लागि त्रिभुवन विश्वविद्यालयकाे उप प्राध्यापकबाट राजिनामा गरेर आएका प्रेमध्वज लामालाई अन्तिम समयमा आएर माेहन बस्नेतले धाेका दिएपछि बंशलाल तामाङ नेतृत्वकाे समुहलाई भने थाेरै राहत महशुस भएको हुनुपर्छ ।
संस्थापन पक्षमा आएको फुट र अन्तिम समयमा प्रेमध्वज पक्षलाई माेहन बस्नेतले चिढाएकाे अवस्थामा बंशलाल तामाङ सभापति बन्ने प्रवल सम्भावना रहेको कांग्रेस कार्यकर्ताहरु बताउँन थालेका छन । पहिलो चरणमा कसैकाे बहुमत नपुगेको अवस्था भयाे र दाेश्राे चरणमा प्रेमध्वज पक्षले बंशलाल तामाङलाई समर्थन गरेमा चुनावी राजनीतिका चतुर खेलाडी रहेका तामाङकाे जितकाे सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस