• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

माओवादी केन्द्र इन्द्रावतीले पनि मनायो जनयुद्ध दिवस

माओवादी केन्द्र इन्द्रावतीले पनि मनायो जनयुद्ध दिवस
मुख्य समाचार
रमेश आचार्य
February 13, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    १ फागुन २०७८
    नवलपुर , सिन्धुपाल्चोक ।
    आज जनयुद्ध दिवस । वि.स.२०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) द्वारा जनयुद्धको थालनी भएको दिन । देशमा सामन्ती राज्य सत्ता , एकात्मक राज्य प्रणाली र वर्गीय उत्पीडनकाे अन्त्य गर्ने उदेश्य सहित समावेशी समानुपातिक प्रतिनिधित्व लगायतको नारा बाेकेर दिर्घकालिन जनयुद्ध थालनी भएको पहिलो दिन । त्यस यताको हरेक वर्षकाे फागुन १ गतेलाई साे पार्टीले जनयुद्ध दिवसको रुपमा विविध कार्यक्रम गरि मनाउने गरेको छ । २०५२ साल फागुन १ गते शुरु भएको जनयुद्धले करिब १० बर्ष नेपालमा भिषण आँधीबेहेरीकाे सिर्जना भयो । झन्डै १७ हजार नेपालीको सहादत भयाे । हजारौं घाइते , अपांग र घरवारविहीन भए । माओवादी जनयुद्धले २४० वर्ष शासन सत्तामा रहेको राजतन्त्र र तत्कालीनरुपमा राजनीतिकाे मुलधारमा रहेका राजनीतिक दलहरूलाई साेच्न बाध्य बनायो र देशमा राजतन्त्रको अन्त्य गर्दै संघिय लाेकतान्त्रिक गणतन्त्रको स्थापना भयाे । माओवादी जनयुद्ध शुरुआत गर्दाका कतिपय राजनीतिक मुल मुद्दा त स्थापित भए तथापि जनताका दैनिक जन जिबिका र वर्गीय , जातीय , क्षेत्रीय र लिंगिय अधिकार स्थापित गर्ने कुरा कतिपय कागजीरुपमा उल्लेख भए पनि व्यवहारिकरुपमा ती वर्गले अभ्यास गरे वा गरेनन् त्यो अर्को बहसको बिषय छदैछ । माओवादी जनयुद्ध शुरु गर्ने नेतृत्वले अब साेच्ने बेला भएकाे छ कि- के माओवादी जनयुद्धमा ज्यान बलिदान गरेका, अपांग र घाइते भएका अनि आफ्नो जीवनका उर्वर समय युद्धमा खर्च गरेका र युद्धको समयमा अत्यन्तै दुख खेपेका आम नागरिकले त्यस बापतकाे मुआब्जा पाइसकेका हुन ? वा देश त्याे प्राप्त गर्ने बाटोमा छ  ।                                                                                               प्रस्तुत प्रश्नका चांगहरु काखी च्यापेर फेरि पनि केही सपना र आशाका बर्काे ओडेर नेकपा (माओवादी केन्द्र) इन्द्रावती गाउँपालिकाका सयौं कार्यकर्ता आज इन्द्रावती गाउँपालिकाकाे मुकाम नवलपुरमा २७ ओं जनयुद्ध दिवस मनाउन भेला भएका थिए । केन्द्रकाे सर्कुलर र याेजना अनुसार नै यस बर्षकाे जनयुद्ध दिवस नारा जुलुस भन्दा पनि आन्तरिकरुपमा सिमित कार्यकर्ता काे उपस्थितिमा प्रशिक्षणमुलक बनाइए झैं इन्द्रावतीमा पनि वडा कमिटीका पदाधिकारी , पालिका कमिटी , बिबिध समितिका पदाधिकारी , सल्लाहकार , जेष्ठ कम्युनिस्ट मञ्च , जबसका पदाधिकारी लगायतको उपस्थितिमा सम्पन्न गरिएको थियोे । कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला समन्वय समिति संयाेजक एवं बागमती प्रदेश सदस्य गाेबिन्द पराजुली , बागमती प्रदेश सदस्य चिरञ्जीवी आचार्य , बागमती प्रदेश सदस्य ठुलाेबाबु श्रेष्ठ , जिल्ला समन्वय समिति सदस्य एवम् एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव प्रतापसिं तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा अधिकांश बक्ताहरुले अब माओवादी शक्ति एउटा आन्दोलनकैरुपमा अगाडि बढ्ने र सिन्धुपाल्चोक जिल्लामा पार्टीलाई २०६४ सालकै अवस्थामा एकतबद्द , सुदृढ र शक्तिशाली बनाउने अठोट ब्यक्त गरेका थिए । गाउँपालिका अध्यक्ष नुनबहादुर सापकोटा (मनाेज) काे अध्यक्षता र सचिव दिपक न्याैपानेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑