• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

अनिश्चित बन्दै प्याब्सन सिन्धुपाल्चोककाे जिल्ला अधिवेशन

अनिश्चित बन्दै प्याब्सन सिन्धुपाल्चोककाे जिल्ला अधिवेशन
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
December 19, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : १५ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    ४ पुस
    चाैतारा ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोककाे जिल्ला अधिवेशन अनिश्चित बन्दै गएको छ । गत वर्ष नै सम्पन्न गरिसक्नुपर्ने प्याब्सनकाे अधिवेशन काेभिडका कारण एक वर्ष थप गरिएको थियोे । प्याब्सनको नियमानुसार हरेक दुई वर्षमा जिल्ला , प्रदेश तथा केन्द्रकाे अधिवेशन हुनुपर्ने थियोे तर काेराेनाका कारण सबै तहको अधिवेशन एक वर्ष धकेलिएको हाे । राजनैतिक पार्टीको सिकाे गर्दै प्याब्सनले पनि देशै भरिकाे जिल्ला अधिवेशन एकैसाथ पुस ३ गतेका लागि तय गरेको थियोे । केन्द्रीय कार्यालयले ३ गते पछि गरेको जिल्ला अधिवेशनलाई बैधानिकता नदिने बताइरहेकाे भए पनि सिन्धुपाल्चोक लगायत थुप्रै जिल्लाहरुमा ताेकेकाे समयमा अधिवेशन हुन सकेको छैन ।                      \

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय महासचिव कुमार घिमिरेका अनुसार आधिकारिकरुपमा सम्पुर्ण जिल्लाहरुकाे एकिन तथ्यांक आउन बाँकी भए पनि देशभरका करिब ५० भन्दा बढी जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भएको छ । तर प्याब्सनका केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठको भनाइमा झन्डै ५० प्रतिशत अर्थात करिब ३५ भन्दा बढी जिल्लाहरुमा अधिवेशन सम्पन्न हुन सकेको छैन । अधिकांश जिल्लामा अधिवेशन सम्पन्न हुन नसक्नुकाे मुल कारण भनेको प्याब्सनको हालै जारी भएको संशाेधित बिधान र नियमावली नै रहेको दुबै प्याब्सन नेताहरूकाे घुमाउरो आशय देखिन्छ । प्याब्सनको हालै जारी बिधान र नियमावलीकाे सिकार बनेको काभ्रे प्याब्सनले पनि अधिवेशन सम्पन्न गर्न सकेन । दशकाैं देखि प्याब्सनमा गरेको मेहनत पानीको फाेका जस्तै भएको काभ्रे प्याब्सनका बरिस्ठ उपाध्यक्ष सराेज न्याैपानेले पनि बताए । अब प्याब्सन बिर्सनु पर्ने अवस्था आएकाे उनले दुखेसो पाेखे । प्याब्सन काठमाडौंकाे कथा पनि उस्तै छ । काठमाडौं अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौ प्याब्सनको उद्घाटन सत्र सम्पन्न भएर बन्द सत्र शुरु भएपनि नेतृत्व चयन हुन नसकेर अनिश्चित समयका लागि अधिवेशन स्थगित भएको छ ।                                                                                                        काठमाडौं , काभ्रेपलान्चोक , मकवानपुर झापा, पाल्पा लगायतको अधिवेशन सम्पन्न हुन नसके झैँ सिन्धुपाल्चोककाे अधिवेशन पनि सम्पन्न हुनसकेको छैन । कम्तीमा अन्य जिल्ला हरुले अधिवेशन शुरुआत गरे पनि सिन्धुपाल्चोकले भने अधिवेशन उद्घाटन समेत गर्न सकेकाे छैन । सिन्धुपाल्चोक संग जाेडिएका केन्द्रीय उपमहासचिव आर. बि. कटुवालकाे भनाइमा जिल्ला नेतृत्वमा सहमति जुट्न नसकेर नै जिल्ला अधिवेशन हुन सकेको छैन । भर्खरै मात्र प्याब्सनमा प्रवेश गरेका प्रतिनिधिहरुले नेतृत्वको दाबी गर्नु नै विवादकाे मुल चुरो रहेको उनको बुझाई छ । सिन्धुपाल्चोकबाट केन्द्रीय प्याब्सनमा प्रतिनिधित्व गर्ने कर्मवांगेल लामाकाे भनाइमा जिल्ला कार्य समितिले यथेष्ट पहल गर्न नसक्नुनै समस्याको मुल जड हाे । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्दै वाग्मती प्रदेश कमिटीकाे सहसचिवकाे जिम्मेवारीमा रहेका ऋषिराम नेपाल भने समय अभावले जिल्ला अधिवेशन सम्पन्न गर्न नसकेको जिकिर गर्छन । याे हप्ता भित्रैमा जिल्ला नेतृत्व चयन हुनेमा नेपाल ढुक्क छन  ।                                                                               

    प्याब्सन सिन्धुपाल्चोककी अध्यक्ष दुर्गा थापा भन्छिन् केन्द्रले भर्खरै जारी गरेको बिधान तथा नियमावलीले पारेको दुविधा र जिल्लामा रहेका प्याब्सनिष्ट साथीहरूकाे अनावश्यक महत्वाकांक्षा र गुटबन्दीका कारण ताेकीएकाे समयमा जिल्ला अधिवेशन गर्न नसके पनि यथासिघ्र अधिवेशन सम्पन्न गर्ने याेजना रहेको छ ।

     

     

     

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑