• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • २शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ३आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
  • ४खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • ५मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • ६गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
  • ७नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर
  • ८पाल्चोकमा आजबाट हाट बजार सुरु
logo
आज:  | Wed, 14, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिमकोट विमानस्थल जोखिममा

सिमकोट विमानस्थल जोखिममा
अटो
Authorनयाँपानी खबर
April 17, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • कर्णाली गण्डकी प्रदेश नं. १ प्रदेश नं. २ बागमती लुम्बिनी सुदूरपश्चिम
    Follow us on:

    सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एकमात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खानी बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो । निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लाने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लगाउने र भेटेमा कारवाही गर्ने बारेमा कुरा भए पनि उहाँहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको अध्यक्ष लामाको भनाइ छ । विमानस्थल जोखिममा पर्न थालेपछि माटो खन्ने कार्य रोक्नका लागि जिल्लास्थित सुरक्षा अधिकारीसँग छलफल भइरहेको बताए । ‘सिमकोट रिङ रोडका लागि खेल मैदानको माथि केही जग्गा खाली राखिएको हो’ उनले भने, ‘तर लुकिछिपी माटो खनेर लिनेहरूका कारण उक्त जग्गा नै भत्किन थालेपछि सिमकोट विमानस्थल नैं जोखिममा परेको हो ।’

    विमानस्थल सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले माटो झिक्न काम तत्काल रोक्नुपर्ने जानकारी दिए । निर्माणाधीन अवस्थामा भएका कारण घरमा लिप्ने प्रयोजनले स्थानीयवासीले माटो लिन थालेको उल्लेख गर्दै उनले सबैको समन्वयले तत्काल माटो झिक्न बन्द गर्नुपर्ने बताए । ‘झट्ट हेर्दा सामान्य जस्तो देखिए पनि विमानस्थल जोखिममा पार्ने देखिएकाले हामीले तत्काल उक्त काम रोक्न लगाउनुपर्छ’ प्रजिअ आचार्यले भने, ‘तत्काल सिमकोट गाउँपालिका, सिमकोट विमानस्थल र प्रहरीको संयुक्त बैठक बसेर हामीले माटो झिक्ने काम रोक्न लाग्छौँ ।’

    सिमकोट खेल मैदानको माथि तिरको भागको माटो खनेपछि अहिले निकै ठूला भ्वाङ पारिएको छ । वर्षायाममा सिमकोट बजार क्षेत्रको सबै पानी विमानस्थल हुँदै बगेर सिम क्षेत्रतर्फ नै जाने भएकाले पनि माटो झिकेका भ्वाङ भत्किने र त्यसले गर्दा माथिको विमानस्थल उच्च जोखिममा रहने सिमकोट विमानस्थल स्रोतले जनाएको छ । ‘खेल मैदानको भिटा तर्फको माटो झिकेर विमानस्थललाई जोखिम निम्त्याएको छ’ नाम उल्लेख नगर्न आग्रह गर्दै सिमकोट विमानस्थलका एक कर्मचारीले भने, ‘हामीले यससम्बन्धी सरोकारवाला निकायको ध्यानाकर्षण धेरै अघिदेखि गराउँदै आए पनि कसैले नटेरेकाले विमानस्थलमाथिको जोखिम दिनानुदिन बढ्दै गएको छ ।’

    अटो बाट थप

  • भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
  • खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    समाचार
    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑