• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • २सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
  • ३शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • ४स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ५आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ६मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ७सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ८भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
नयाँपानी खबर
नयाँपानी डेस्क
June 8, 2026 मा प्रकाशित (३ मिनेट अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक र व्यवस्थापन सहयोगमा ग्रामीण महिला सिर्जनशील परिवार, सुनकोशीमा आयोजित तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो।

    तालिमको संयोजन जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी जनस्वास्थ्य अधिकृत सुविना श्रेष्ठले गर्नुभएको थियो। तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, खोप, सरसफाइ, समुदायमा स्वास्थ्य प्रवर्द्धन लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

    तालिममा चौतारा साँगाचोकगढी नगरपालिकाबाट १० जना, मेलम्ची नगरपालिकाबाट ७ जना, पाँचपोखरी थाङपाल गाउँपालिकाबाट ६ जना, बाह्रविसे नगरपालिकाबाट ६ जना, त्रिपुरासुन्दरी गाउँपालिकाबाट ५ जना, सुनकोशी गाउँपालिकाबाट ४ जना, बलेफी गाउँपालिकाबाट ३ जना, हेलम्बु गाउँपालिकाबाट २ जना तथा इन्द्रावती र लिसंखुपाखर गाउँपालिकाबाट १/१ जनाको सहभागिता रहेको थियो।

    समापन कार्यक्रम जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख दुर्गा बजगाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा फेयरमेड फाउन्डेसन सिन्धुपाल्चोकका टिम लिडर डम्बर सिंह गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दबहादुर हायू, महिला आत्मनिर्भरता केन्द्रकी सचिव कालीमाया वाइबा, सामाजिक परिचालक हिरा थामी तथा ग्रामीण महिला सिर्जनशील परिवारका निर्देशक राजु विश्वकर्मा विशेष अतिथि एवं अतिथिका रूपमा उपस्थित थिए ।

    तालिममा सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दबहादुर हायू प्रमुख प्रशिक्षक त्यस्तै भवानी कुमारी खड्का, नारायण कुमारी कार्की, सुजना कार्की, होस नारायण राउत तथा स्वस्थानी थामीले  सहजीकरण गर्नुभएको थियो।

    समापन समारोहमा वक्ताहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू समुदायस्तरमा स्वास्थ्य सेवाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई समुदायमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरेका थिए। सहभागी स्वयंसेविकाहरूले पनि तालिमले आफ्नो क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

    नयाँपानी खबर बाट थप

  • देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    समाचार
    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑