• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • २सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ३इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ४मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ५हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ६उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ७नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ८चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
logo
आज:  | Sat, 25, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो

सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
मुख्य समाचार
नयाँपानी डेस्क
March 12, 2026 मा प्रकाशित (१ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक । देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले वर्चस्व बनाउँदा  २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि निर्वाचनको मतपरिणामले जिल्लाको राजनीतिक प्रतिस्पर्धा निकै रोचक बनेको देखियो । प्रत्यक्षतर्फ दुवै क्षेत्रमा फरक–फरक दलका उम्मेदवार अगाडि देखिँदा समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य मत प्राप्त गर्दै पहिलो दल बनेको छ ।

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार भरत पराजुली २४ हजार ४१२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपाका माधव सापकोटा ले १७ हजार ३२७ मतसहित प्राप्त गरेका छन् छन्। यस्तै एमालेका सरेस नेपाल ११ हजार ९६१ मतसहित तेस्रो हुँदा कांग्रेसका जंग लामा ११ हजार २९३ मत प्राप्त गर्दै चौथो स्थानमा खुम्चिन पुगे । यहाँ अघिल्लो निर्वाचनमा हाल दोस्रो स्थान हासिल गरेका माधव सापकोटाले विजय हासिल गरेका थिए।

    उक्त क्षेत्रमा समानुपातिकतर्फ पनि रास्वपाले २७ हजार ५२५ मत प्राप्त गर्दै पहिलो दल बनेको छ । त्यसपछि नेकपाले १२ हजार ५४२, एमालेले १० हजार २२५ र कांग्रेसले ९ हजार ६२८ मत प्राप्त गरेका छन्।

    त्यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ नेकपाका युवराज दुलाल २१ हजार ६९९ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६ मत प्राप्त गरे । एमालेका शेरबहादुर तामाङ १५ हजार ९२६ मतसहित तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठ (अजय) १४ हजार ०१९ मतसहित चौथो भए । यता भने अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले विजय हासिल गरेका थिए।

    तर समानुपातिकतर्फ भने यस क्षेत्रमा पनि रास्वपा कै बर्चस्व देखियो । रास्वपाले २५ हजार ८७० मत प्राप्त गर्दा कांग्रेसले १४ हजार ४९१, एमालेले १३ हजार २५७ र नेकपाले १२ हजार ८९७ मत प्राप्त गरेका छन्।

    समग्र मतपरिणामले सिन्धुपाल्चोकमा परम्परागत दलहरूसँगै नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको देखिएको छ । प्रत्यक्षतर्फ भने पुराना दलहरूबीच कडा प्रतिस्पर्धा हुँदा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवारले बाजी मार्दा क्षेत्र नम्बर २ मा भने नेकपाले विजय हासिल गरे ।

    यसले सिन्धुपाल्चोकको राजनीतिक समीकरण बदलिँदै गएको र मतदाताको झुकाव नयाँ दलतर्फ बढ्दै गएको संकेत गरेको यसपटकको चुनावी नतिजाले देखाएको छ।

    मुख्य समाचार बाट थप

  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    समाचार
    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑