• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १बलेफी गाउँपालिकाले गर्‍यो पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा
  • २मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न
  • ३देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • ४सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
  • ५शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • ६स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ७आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ८मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
logo
आज:  | Thu, 11, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, नागरिकका गुनासा धमाधम सम्बोधन हुँदै

प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, नागरिकका गुनासा धमाधम सम्बोधन हुँदै
मुख्य समाचार
Authorनयाँपानी खबर
September 29, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • Follow us on:

    काठमाडौँ ।

    २४ सै घण्टा सञ्चालनमा आएपछि आम नागरिकस्तरमा हेलो सरकारको प्रभावकारितामा बृद्धि भएको छ । २०६८ साल कार्त्तिक १७ गतेदेखि आंशिक सुरुवात भएको हेलो सरकारको सेवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि २४ सै घण्टा सञ्चालन हुने बनाईएको थियो ।

    सेवा सुरुवातको अवस्थामा आम नागरिकका गुनासा तथा समस्याको सम्बोधन भएपनि पिल्लो समय हेलो सरकारको सेवा निष्क्रिय झै बनेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसप्रति चासो देखाएसँगै उक्त सेवा अहिले आम नागरिकको गुनासो सम्बोधन गर्ने माध्यम बनेको  छ ।  बाह्र बर्ष अघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शासकीय सुधार महाशाखा अन्तर्गत ‘हेलो सरकार’ कक्ष स्थापना गरी सेवा प्रदान गर्न सुरु गरिएको हो । तर, आवश्यक जनशक्ति तथा योजनाका अभावमा हेलो सरकार नाम मात्रको बन्न पुगेको थियो ।

    प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि यहि भदौ १७ गतेदेखि भने हेलो सरकारको सेवा  पुनः २४ घण्टा सञ्चालनमा ल्याइएको छ । हाल एक उपसचिवको नेतृत्वमा आठ जना आवश्यक जनशक्तिसहित तीन सिफ्टमा २४ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सरकार सेवा सञ्चालन गरिरहेका छन् ।

    हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछि सरकारले आमजनताका समस्या तथा गुनासा सुन्न र त्यसको प्रभावकारी समाधान गर्न सुरुवात गरेको थियो ।

    ‘हेलो सरकार’ सेवाको टोल फ्री नं ११११ मा गत भदौ १७ गतेदेखि यही असोज ४ गतेसम्म जम्मा दुई हजार छ सय ५० टेलिफोन आएको छ । हेलो सरकारमा टेलिफोनमात्र दैनिक सरदर एक सय ५० को सङ्ख्यामा आउने गरेको प्रधानमन्त्री कार्यालयको शासकीय सुधार महाशाखाले जनाएको छ ।

    त्यस्तै भाइबर, वाट्सएप, इमेल, सेलफोन, पोर्टल, फेसबुक, ट्वीटरमा आउने गुनासोको सङ्ख्यासमेत उल्लेख्य रहेको छ । साथै भौतिकरूपमा समेत उपस्थित भई गुनासो गर्ने सङ्ख्यासमेत उल्लेख्य रहेको छ भने हेलो सरकारको उक्त अवधिमा वेब पोर्टलमा इन्ट्री गरेका गुनासोको सङ्ख्या एक हजार आठ सय आठ रहेको छ । धेरै गुनासोहरू आपत्कालीन मुद्दाहरूमा टेलिफोनबाटै सम्बन्धित निकायसँग समन्वय गरी गुनासो सम्बोधन गर्ने गरिएको उपाध्यायको भनाई छ ।

    हेलो सरकार डेक्सका अनुसार हेलो सरकारमा रिचार्ज कसरी गर्ने, राहदानी फाराम कसरी भर्ने, बत्ती धेरै जाने आउने गरेको लगायत जिज्ञासा र गुनासोसमेत आउने गरेको छ । त्यस्तै तत्काल सम्बोधन गरी गुनासो सम्बोधन गर्नुपर्ने खालको आपत्कालीन मुद्दा, समय लाग्ने सम्बन्धित निकायले समाधान गर्नुपर्ने समय लाग्ने खालको वास्तविक गुनासो पनि आउने गरेका छन् ।

    मुख्य समाचार बाट थप

  • बलेफी गाउँपालिकाले गर्‍यो पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा बलेफी गाउँपालिकाले गर्‍यो पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा
  • मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न
  • देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    बलेफी गाउँपालिकाले गर्‍यो पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा

    बलेफी गाउँपालिकाले गर्‍यो पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा

    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    समाचार
    बलेफी गाउँपालिकाले गर्‍यो पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा

    बलेफी गाउँपालिकाले गर्‍यो पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा

    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑